म्यासेन्जर च्याटमा सविनाले राजकुमारलाई सम्बन्ध राख्ने प्रस्ताव राखेर जङ्गलमा भेट्न पुग्दा…..
काठमाडौ । श्रीमान श्रीमतीको सम्बन्धमा कोही तेस्रो ब्यक्ति आयो भने सम्बन्ध विग्रन्छ । तर तपाईले अनुमान लगाउन सक्नुहुन्छ कोही श्रीमानले पैसाको लागि श्रीमतीलाई अरुसंग सम्पर्क गर्न पठाउँछ ? यह काभ्रेमा त्यस्तै जोडी पक्राउ परेका छन् । आफ्नै श्रीमतीहरुलाई अरु केटाहरुसँग कुरा गराएर सम्पर्कका लागि तयार भए पछि रकम बार्गेनिङ्गर्ने र रकम नदिए ज्यान लिने योजना बनाएको घटना सार्वजनिक भएको छ । प्रहरीले त्यस्तो काममा संलग्न भएको अभियोगमा श्रीमान श्रीमती सहित ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य २ जना भने सम्पर्कमा छैनन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरीले सो घटनामा अनुसन्धान गरेका छन् । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका १८ बर्षिय आकाश परियार उनकै श्रीमती २१ बर्षिया सविना तामाङ परियार र रोशी गाउँपालिका वडा नम्वर १२ भिमखोरी माईती भई बनेपामा डेरा गरी बस्ने उमा परियारलाई प्रहरीले पक्राउ गरेको हो । उमाका श्रीमान र भाईलाई प्रहरीले खोजिरहेको छ ।
राति ९ बजेको समयमा पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका २२ बर्षिय राजकुमार दनुवारलाई अ पह’रणमा परेको घटना अनुसन्धान गर्दै जाँदा उनीहरुको यस्तो खेलका बारेमा पोल खुलेको हो । ति युवकलाई धुलिखेल नगरपालिका ४ स्थित २८ किलोमा डेरा लिएर बस्ने ३, ४ जना युवाहरुको समुहले लिएर गएको सूचना प्रहरीलाई आएको थियो । प्रहरीले राजकुमारलाई उद्धार गरेपछि घटनाको नयाँ पाटो खुलेको हो ।
श्रीमानहरुकै योजनानामा उमा र सविनाले अन्य युवकसंग फोन र फेसवुकमा कुराकानी गर्ने । युवकलाई सम्बन्धका लागि आफै उक्साउने र युवकहरु सम्बन्ध राख्न राजि भएपछि पैसा माग्ने काममा सकृय थिए । यस्तै योजनाका साथ राजकुमार र सविनाको मोवाईलबाट चिनजान भएको थियो । म्यासेन्जर च्याटमा सविनाले नै राजकुमारलाई सम्बन्ध राख्ने प्रस्ताव राखिन् । उनले बोलाएपछि भाद्र २४ गते दिउसो राजकुमार घरबाट बनेपा आए । त्यसपछि सविनाले पैसाको बार्गेनिङ्ग गरिन् । पैसामा कुरा मिलेपछि अरनिको राजमार्गको २८ किलोबाट उमा र सविना राजकुमारसँगै बुडोल माथी रहेको जंगलमा पुगे ।
त्यस पछि उनीहरुकै योजना अनुसार उमाका श्रीमान घटनास्थलमा आए । अनि फेरी पैसाको वार्गेनिगं सुरु भयो । डराएका राजकुमारलाई हाम्रो काम यस्तै हो अब पैसा ले भनेर थ’र्काए । राजकुमारले ५० हजार दिन्छु भने तर एटिएममा पुगेपछि भने उनले पैसा भएर पनि मिलेन भन्दै फर्काए । त्यस पछि उनले दाजुलाई पैसा लिएर आउन र आफु अ’पह’रणमा परेको खवर गरे ।राजकुमारका दाजुले प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न ३ जना पक्राउ परेका हुन् ।