समाचार

अभिनेता रजनीकान्तको अबस्था नाजुक, अस्पताल भर्ना

एजेन्सी । बलिउड सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन्। उच्‍च रक्तचापका कारण उनलाई हैदरावादस्थित अपोलो अस्पताल पुर्‍याइएको हो। अस्पतालले विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको छ । जसमा उनलाई रक्तचाप बाहेक अन्य समस्या नदेखिएको उल्लेख गरिएको छ।

रजनीकान्त १० दिनयता फिल्म ुअन्नाथ्थेु छायाँकनका लागि हैदरावादमा थिए। छायाँकनमै संलग्न चार मानिसमा कोभिड९१९ संक्रमण देखिएपछि रजनीकान्तको पनि डिसेम्बर २२ मा परीक्षण गरिएको थियो। उनमा संक्रमण पुष्टि भएन। तर पनि उनी आइसोलेसनमा रहेका थिए। शुक्रवार बिहान भने स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको इन्डियन एक्सप्रेसले जनाएको छ।सौर्य दैनिकमा खबर छ ।

महामारीकै कारण अन्नाथ्थेको छायाँकन प्रभावित थियो। डिसेम्बरमा मात्र फिल्म युनिट फ्लोरमा निस्किएको थियो। फिल्मलाई शिवाले लेखन तथा निर्देशन गरेका छन्। अन्य कलाकार खुश्बु, मीना, प्रकाश राज, सतिश र सुरीको अभिनय रहेको छ।

Related Articles

Back to top button