समाचार

खुसिको खबर : SEE पास गरेका सबैलाई सरकारले ५ लाख रुपैयाँ स्वरोजगार कर्जा दिने !

अब युवाले बैंक तथा वित्तीय संस्थाबाट पाँच लाख रुपैयाँसम्मको स्वरोजगार कर्जा पाउने भएका छन् । ८ असोजमा मन्त्रीपरिषदले गरेको निर्णय अनुसार सहुलियत कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधिमा तेस्रो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो ।यससँगै सहुलियत दरमा युवा नै लक्षित तीन वटा कर्जा योजना सञ्चालनमा आएको छ ।

यो पनि:

घरमा उम्रने यो झार नफ्याँक्नुस्, यसमा हुन्छन् अनेकौं गुण..!

योपृथ्वीमा कुनै पनि चीज व्यर्थ छैनन् । हामीलाई झारपातहरूको महत्त्व नै थाहा छैन ।जस्तै, हाम्रो घरमा अनि पर्खालमा भेटिने झारपात पर्सलेन पनि धेरै गुण भएको बिरुवा हो । हामी यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछौं । तर यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा भेटिन्छन् ।

यो बिरुवाको स्वाद पनि गजबको हुन्छ र यसको पोषण पनि राम्रो हुन्छ ।यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ । ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ । यो एसिडले दिमाग तीखो बनाउँछ र हृदयघातलाई रोक्छ । तपाईं शाकाहारी हो भने त ओमेगा ३ पाउनका लागि पर्सलेन नै सर्वोत्तम विकल्प हो ।

पर्सलेनमा भएको एन्टीअक्सिडेन्टले तपाईंको छाला जवान राख्छ । अनि यसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाएर रोगहरूसँग लड्न पनि सहयोग गर्छ ।

यो बिरुवा आहारमा समावेश गर्नुभएमा शरीरमा क्याल्सियम र म्याग्नेसियमको कमी हुन पाउँदैन । तपाईंको हाड र दाँत बलियो हुन्छ ।यसमा पोटेसियम पनि प्रशस्त हुन्छ । यसको पात खाँदा रक्तचाप सामान्य रहन्छ ।

यसमा आइरन पनि हुन्छ । शाकाहारीहरूका लागि आइरन पाउन मासुको साटो यही बिरुवा उपयुक्त हुन्छ ।पर्सलेनमा ९३ प्रतिशत पानी हुन्छ। यसको पात खाँदा तपार्ईंको शरीर आर्द्र रहन्छ । तपाईं स्वस्थ र फुर्तिलो हुनुहुन्छ ।पर्सलेनमा भएको मेलाटोनिनका कारण यो खाँदा तपाईंलाई राम्रो निद्रा लाग्छ ।[][]

Related Articles

Back to top button