समाचार

बुद्ध चित्तको खेतीले बनायो करोडपति, एउटै बोटबाट एक करोड ! [भिडिओ]

काभ्रेको नमोबुद्ध नगरपालिका–५ कानपुरका सिंह बहादुर लामाले पछिल्लो ६ वर्षदेखि बुद्ध चित्त मालाको खेती गर्दै आएका छन् । लामाका अनुसार उनले एउटै बोटबाट एक करोड रुपैयाँसम्मको माला बिक्री गरे । चीनबाट आउने ग्राहक वा व्यापारीले बुद्ध चित्तका दाना साइज नापेर खरिद गर्छन् ।

बौद्ध धर्मावलम्बीहरुले जप र मालाका रुपमा प्रयोग गर्ने बुद्ध चित्तको माला निकै महंगोमा बिक्री हुन्छ । बौद्ध धर्मावलम्बीहरुको आस्थासँग जोडिएको माला किन्न चीन लगायत अन्य तेस्रो मुलुकबाट समेत ग्राहकहरु काभ्रे पुग्छन् । यही खेती गर्दै आएका कृषक लामाले ठूलो भन्दा पनि साना दाना महंगोमा बिक्री हुन्छ ।

बुद्ध चित्तको एक सय आठ दानाको माला बनाइन्छ । यस्तो माला कम्तिमा १३ लाख रुपैयाँसम्ममा बिक्री गर्ने अनुभव लामाले हामीसँग साझा गरे । बुद्ध चित्तको खेती कसरी गर्ने ? यो कस्तो भूगोलमा हुन्छ ? लगानी, घाटा, नाफा, बजार कस्तो छ ? लगायतका जिज्ञासा मेट्न कृषककै गाउँठाउँमा पुगेर तयार पारिएको भिडिओ अन्तर्वार्ता पूरा हेर्नुहोला । भिडिओः

Related Articles

Back to top button