समाचार

कुकुरको घाँटीमा प्रधानमन्त्री ओलीको तस्वीर राखेर प्रदर्शन!

काठमाडौं। संसद विघटनविरुद्ध दोलखामा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर कुकुरको घाँटीमा राखेर प्रदर्शन गरिएको छ।

चरिकोट बजारमा शनिबार यसरी प्रदर्शन गरिएको केहीबेरमै प्रदर्शनकारीबाट प्रहरीले कुकुर र तस्बिर खोसेका थिए।

हाल नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध देशभर विरोध कार्यक्रम जारी राखेका छन्।

शनिबार कुकुरको गलामा प्रधानमन्त्रीको तस्बिर राखिएर प्रदर्शन गरिएको विषयमा भने सामाजिक सन्जालमा चर्को विरोध भएको छ।

मानिसहरुले पशु अधिकारको हनन् भएको भन्दै यस कार्यको आलोचना गरेका छन्।

Related Articles

Back to top button