समाचार

सवारी चालक, लाइसेन्सको अनलाइन आवेदन आउँदो मंगलबारदेखि खुल्ने

काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन आउँदो मंगलबारदेखि खुल्ने भएको छ ।गएको चैत ११ गतेदेखि बन्द रहेको लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

कोरोना भाइरसविरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागकाअनुसार कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको हो ।अब प्रदेश यातायात कार्यालयमार्फत पनि नयाँ लाइसेन्स वितरण हुनेछ ।

यो पनि पढ्नुहोस्
४ वर्षीय वाञ्चिन तामाङको उपचार खर्च जुटाउन नसक्दा मृ’त्युको पर्खाइमा !

पढ्ने खेल्ने उमेरमा जब तपाईंको बच्चा मृत्युलाई कुर्दै अस्पतालको बेडमा हुन्छ भने कस्तो अनुभव हुन्छ त्यो सोच्नै सकिदैन्। हो एउटा त्यस्तै घटना घटेको छ तामाङको परिवारमा ।

उनी ४ वर्षीय वाञ्चिन तामाङ हुन, जो अहिले Neuroblastoma (Metastatic bone cancer) चौथो स्टेजको क्यान्सरले जिवन- मरणको लड़ाईमा छन् । उपचारको लागि लगभग ४० लाख लाग्ने परिवारले जनाएको छ। उनको परिवारको आर्थीक अवस्था नाजुक हुनाले उपचारको लागि सहयोग चाहिएको छ । इच्छुक व्यक्तिले ९८१८६०३६५४ /9818603654 मा सम्पर्क गर्नु होला ।

Related Articles

Back to top button