समाचार

प्रधानमन्त्रीको कुर्सी ता’केका प्रचण्डलाई सर्वाेच्च अदालतबाट ठू’लो ध’क्का !

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद वि’घटन गरेपनि नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने संसद पुनःस्थापना गरेर प्रधानमन्त्री बन्ने सुरसारमा छन् ।नेकपा संसदीय दलको बैठक डाँकेर प्रचण्ड दल नेता निर्वाचित भएका छन् । बैठकमा उनले संस्द पुनःस्थापित गरेर प्रधानमन्त्री ओलीलाई विधिवत् रूपमा हटाउने घोषणा गरेका छन् । त्यसपछि आफू प्रधानमन्त्री बन्न उनी संसदीय दलको नेता समेत बनिसकेका छन् ।

प्रचण्डले प्रधानमन्त्री बन्न सुरसार गरिरहेपनि उनलाई सर्वाेच्च अदालतबाट ध’क्का लागेको छ । प्रचण्डको योजनामा नेकपा प्रमुख सचेतक देव गुरुङ लगायत सांसदले सर्वाेच्च अदालतमा रिट दायर गरेर अन्तरिम आदेश दिन माग गरेपनि सर्वाेच्चले त्यसलाई अस्वीकार गरेको छ ।प्रचण्ड पक्षीय सांसदले संसद वि’घटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय तत्काल कार्यान्वयन नगर्न माग गर्दै अन्तरिम आदेश माग गरेका थिए । तर सर्वाेच्चले प्रचण्ड पक्षका सांसदको माग सुनुवाइ गरेन ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा वि’घटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा पठाउने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले बुधबार प्रतिनिधिसभा वि’घटनवि’रुद्ध परेका रिट संवैधानिक इजलासमा पठाउने आदेश सुनाएको अधिवक्ता लोकेन्द्र ओलीले बताएका छन् ।आगामी शुक्रबार बस्ने संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि छलफल हुने जनाइएको छ । बुधबार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, दिनेश त्रिपाठी, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी तथा अधिवक्ता कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए ।

निवेदकले अन्तरिम आदेश माग गर्दै प्रतिनिधिसभा वि’घटनबारे बृहत् पूर्ण इजलासमा छलफल गराउन माग गरेका थिए । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको दाबीसहित सोमवार र मंगलवार सर्वोच्चमा १२ रिट परेका थिए ।नेकपाका सांसदहरू देव गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाक्री र शशी श्रेष्ठ लगायतले सर्वोच्चका रिट निवेदन दिएका थिए ।ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा वि’घटन गरी आगामी २०७८ वैशाख १७ र २७ गतेका लागि चुनावको मिति घोषणा गरेकी छन् ।

 

Related Articles

Back to top button