अनिताको उपचार गर्दै आएका बिनोदलाई भिख मागेर उपचार गर्ने भन्ने आरोप
काठमाण्डौ । अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भाइरल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ । पछिल्लो समय टिकटकसंगै युुटट्युबमा पनि यो जोडीलाई देख्न सकिन्छ ।
अनिताको स्याहार गरिरहेका उनका श्रीमान विनोदको भनाईबाट अनिताको रोग र अहिले उनको क्रमिक सुधारका कुराहरु हामीले सुन्दै आईरहेका छौं । पहिलाको भन्दा अनितामा धेरै नै सुधारहरु भैरहेको उनका श्रीमान विनोद बताउँछन् । झण्डै १ वर्ष पार गरेर अस्पतालको बसाईलाई अहिले पनि निरन्तरता दिईरहेका अनिता र विनोदको यस पालिको तिहार अस्पतालमै भएको छ ।
अस्पतालमै भाइटिका लगाउँदाको भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । उनको भिडियो देखेकी नायीका तथा कलाकार एलिजा गौतम पनि अस्पतालमा सहयोग लिएर पुगेकी छन् । भिडियो निकै भाइरल भएपनि उनीहरुलाई सहयोग भने धेरै नआएको अस्पतालमा पुगेपछि थाहा पाएको एलिजाले बताएकी छन् । उनीहरुलाई सानो सहयोग लिएर एलिजा पुग्दा भाउजुको स्याहार गर्न बसेका नन्दहरु पनि निकै रोएका थिए ।