समाचार

माधवकुमार नेपालको अवस्था छ महिनापछि घर न घाटको हुने छ प्रचण्डले भुइमा पछार्छन्: नेकपा नेता गोकुल बास्कोटा

काठमाडौं, / प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेकपाका नेता गोकुल बास्कोटाले छ महिनापछि माधवकुमार नेपालको अवस्था घर न घाटको हुने बताएका छन्। नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै बास्कोटाले छ महिनापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाललाई भुइँमा लगेर पच्छार्ने बताए ।पार्टी एकीकरण र समन्वयात्मक भूमिका खेल्ने नाममा माधवकुमार नेपालले धोका दिएका उनले बताएका छन्। प्रचण्डले पनि पार्टी एकीकरणको नाममा एमालेलाई सिध्याउने रणनीति बनाएको कुरा अहिले आएर प्रष्ट भएको नेता बास्कोटाले बताएका छन्।‘पार्टी एकीकरण रणनीति मात्रै रहेछ। प्रचण्डको राणनीतिक रहेछ’ उनले भने, ‘माधवकुमार नेपाललाई प्रचण्डले छ महिनापछि भुइँमा लगेर पर्छार्ने छन्। त्यो देखिएको छ। त्यस बेला मलाई भन्थ्यो भन्नु होला।

छ महिनाभित्र माधव नेपाल घर न घाटको हुनेछन्’ उनले भने, माधव नेपाललाई प्रधानमन्त्री भन्दै थिए। अहिले अर्कैको नाम आएको छ। त्यो नाम पनि बदल्लान् नि? माधवकुमार नेपाल र प्रचण्ड मिलेर ओलीमाथि ‘कु’ गरेको उनले आरोप लगाएका छन्। ‘उहाँहरूले ‘कु’ गर्नुभयो । माधव नेपाल उता जाने कुरा रहेछ । समन्वयात्मककारी काम गर्छु भन्नुभएको थियो। उहाँ ढोँगी हुनुहुँदो रहेछ’ उनले भने, माधवजी खुला प्रतिस्पर्धा उहाँको जीवनमा रहेनछ। सधैँ षड्यन्त्र गरेर खाने मात्रै रहेछ।’ माधवकुमार नेपालले ‘जबज’ छाडेर प्रचण्डको पछाडि लागेर गएको नेता बास्कोटाले आरोप लगाएका छन्। कोटरीबाट माधव नेपालले केही गर्नु हुन्न। नक्कली पार्टी बनाउनु भएको छ, उनले भने, नक्कली प्वाँख हो, मयुरको खास प्वाँख पनि होइन। नाकटमा मान्छे नाच्छ नि त्यस्तो खालको कार्यले कोही चल्नेवाला छैन।’

 

Related Articles

Back to top button