समाचार

हार्दिक बधाई दावा तामाङ नेपालको नयाँ शिक्षा मन्त्री मा नियुक्त हुनु भएकोमा !

को हुन् शिक्षामन्त्री दावा तामाङ ? २०७४ को प्रदेशसभा निर्वाचनमा दावा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ को प्रदेश ‘ख’मा वाम गठबन्धनका उम्मेदवार थिए । उनी नेपाली कांग्रेसका निमा लामासँग पराजित भएका थिए । तत्कालीन माओवादीमा मोहन वैद्य निकट मानिने उनले २०६४ को संविधानसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नं ३ बाट विजयी बनेका थिए । उनले त्यो चुनावमा तत्कालीन नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई हराएका थिए ।

दोस्रो संविधानसभा निर्वाचन २०७० मा उनी तत्कालीन वैद्य माओवादीको पक्षमा लागेर चुनाव बहिस्कारमा सक्रिय थिए । हालको राजनीतिक घटना क्रममा शेरबहादुर तामाङ दाहाल–नेपाल समूहमा लागेपछि सिन्धुपाल्चोकमा ओली समूह कमजोर रहेको थियो । IMG_20201225_202040.jpgआफ्नो कमजोरीलाई शक्तिमा बदल्न ओलीले दावालाई मन्त्रीको लोभ देखाएर आफ्नो कित्तामा तानेको सिन्धुपाल्चोक नेकपाका एक जिल्ला नेताले बताए । – फरक धारबाट

Related Articles

Back to top button