समाचार

८४ वर्षीय वृद्ध : जसले नौ महिनादेखि बे`पत्ता ७४ वर्षीया श्रीमतिलाई खोजिरहेका छन् कृपया सक्दो शेयर गरौं!!

बाग्लुङ । जेठ १३ गते दाउरा लिन गएकी श्रीमतीको अहिलेसम्म कुनै खबर नआएपछि उनका ८४ वर्षीय श्रीमान बि`चल्लीमा परेका छन् । बाग्लुङ जिल्लाको बढिगाड गाउँपालिका वडा नम्बर १० की ७४ वर्षीया खिम सरा विक विगत नौ महिना देखी बे`पत्ता भएकी हुन् ।

श्रीमती बे*पत्ता भएसंगै उनका श्रीमान यति बेला उनलाई बि*चल्लीमा परेका छन भने श्रीमतीको खोजिमा भौ*तारिएका छन् । बाग्लुङ जिल्ला संगै गुल्मी, अर्घाखाँचीसहित विभिन्न जिल्ला चाहार्दा समेत कतैबाट केहि खबर नआएको गुनासो गरेका छन् । बुधवार श्रीमतीको तस्वीर हातमा लिएर गुल्मीको सदरमुकाम तम्घास पुगेका विकले भने ” श्रीमतीको मा*नसिक सन्तुलन ठिक थिएन दाउरा लिन गएकी श्रीमती अहिले सम्म घर फर्किन ” ।

उनले थपे “कतै भेटिन्छनकी भनेर फोटो हातमा लिएर मानिसलाई सोधै र खोज्दै हिडेको छु कतै तपाईं हरुले देख्नु भयो भनी खबर गर्नु होला है “। संबंधित सबै प्रहरी चौकीमा उ*जुरी दिएको र अहिले सम्म कुनै खबर नआएको गुनासो गरे । साथै फेला पार्नु हुनेले ९८१६१३२११७ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । आफै पनि वृद्ध अवस्थामा पुगेका उनले श्रीमतीलाई कोही कसैले देखे वा फेला पारेर खबर गरे आफ्नो ठुलो उपकार हुने बताए ।

दाउरा लिन भनेर गएकी कहाँ गई होली केही थाहा पत्तो पाउन सकिएन् । उनले भने । लौरो टेकेर दिन रात उनले बाग्लुङ लगायतका छिमेकी जिल्लामा खोजेर हिँडेका छन् । म कहाँ कहाँ पुगीन श्रीमतीलाई खोज्न कसैले पनि देखेको बताएनन् । उनको साथमा श्रीमतीको एउटा फोटो छ त्यही फोटो देखाएर उनले सबैलाई सोध्ने गरेका छन् । यसरी चटक्कै छाडेर त जान न पर्नी खै किन गई उनले बताए ।

 

Related Articles

Back to top button