पुष ११ गते शनिबार, यस्तो छ तपाईको राशिफल
पुष ११ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अरूको भरपर्दा काम बिग्रन सक्छ । सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारिक असमझदारीका बीच गरिएको प्रयास व्यर्थ होला । तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । विपरीत लिंगी वा शुभ चिन्तकहरूले साथ दिनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । व्यापार व्यवसायमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने छन् । हिम्मतले काम लिने समय छ । घरमा सुख समृद्धि बढ्नेछ । बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् । नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेके लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान् । दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ । खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन् । आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । काममा ढिलासुस्ती हुन सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नेकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ । लामो समयदेखि रोकिएका काम सम्पादन होलान् । भूमि लगायत स्थायी सम्पत्ति बारे केही विवाद हुन सक्छ । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ । आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ । पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । टाउको र आँखाको समस्याले दुःख दिन सक्छ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् । खुसीको समाचार सुन्न पाइनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । दाजुभाइको सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ । घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । कृषि र व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ । टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ । पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला । नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ । मान सम्मान र पद प्रतिष्ठा पाइने समय छ । आफ्नो कमजोरी प्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढे पनि शुभ चिन्तकहरूले साथ दिनेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ । सामाजिक प्रतिष्ठा पाइनेछ । मान सम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् । प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ । उद्योग धन्दामा पनि राम्रै सफलता हात पार्न सकिनेछ । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम बस्त्र, भोजन र विशेष उपहार हात लागी हुन सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
घर खर्च बढ्नेछ, आयआर्जनमा कमी आउने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । स्वास्थ्यमा देखापर्ने समस्याले सताउन सक्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ । कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । मन मिल्ने साथीभाइ अलि टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउला ।