खेल्ने पढ्ने उमेरका ४ वर्षीय वाञ्चिन तामाङको उपचार खर्च जुटाउन नसक्दा मृ’त्युको पर्खाइमा !
पढ्ने खेल्ने उमेरमा जब तपाईंको बच्चा मृ,त्युलाई कुर्दै अस्पतालको बेडमा हुन्छ भने कस्तो अनुभव हुन्छ त्यो सोच्नै सकिदैन्। हो एउटा त्यस्तै घ,टना घ,टेको छ तामाङको परिवारमा ।
उनी ४ वर्षीय वाञ्चिन तामाङ हुन, जो अहिले Neuroblastoma (Metastatic bone cancer) चौथो स्टेजको क्या,न्स,रले जिवन- म,रणको ल,ड़ाईमा छन् । उपचारको लागि लगभग ४० लाख लाग्ने परिवारले जनाएको छ। उनको परिवारको आर्थीक अवस्था नाजुक हुनाले उपचारको लागि सहयोग चाहिएको छ । इच्छुक व्यक्तिले ९८१८६०३६५४ /9818603654 मा सम्पर्क गर्नु होला ।
यो पनि:
यसो सोच्नुहोस् त । टन्टलापुर घाममा ५० केजीको भारी बोकेर उकालो बाटो हिड्दा कस्तो होला रु हामी मध्ये धेरैले यो दुख भोगेका पनि होलौ । आफ्नो बाल्यकाल सम्झनुस् भदौको घाममा उकालो बाटोमा गह्रौं भारी बकेर तप तप पसिना चुहाएको । कति गाह्रो हुन्छ त्यो भोगेकोलाई थाहा हुन्छ । त्यस्ते अहिले एक १२र१३ बर्षको उमेरमा स्कुल जाने, साथी भाईसँग खेल्ने, घर आउने होमवर्क गर्ने, सामान्य काममा बाबुआमालाई सघाउने यसरी नै दिनचर्या वित्छ यी उमेरका नानी बाबुको ।
यी तस्विरमा देखिएका बालकको भाग्य त्यस्तो पढ्न, खेल्न, रमाउने भाग्य छैन। यी बालकको पनि मन होला पढ्न, खेल्न, रमाउन । तर यी बालक ५० केजीको भारी बिसाएर टन्टलापुर घाममा निदाएका छन् । ताप्लेजुङ स्थित कञ्चनजंघा वेसक्याप जाने बाटो ९तापेथोक० नजिकै यी मस्त निदाइरहेका छन् ।यी बालक नीलो भेष्ट, कालो हाफ पाइन्ट, नीला चप्पल ढुंगाको कापमा गुडुल्की परेर निदाएका छन् ।
उनको नजिक ५० केजी जति कोदाको भारी छ । उनको हात खुट्टामा घाउनै घाउ छ भने उनी पहिरो खसिरहने ठाँउमा निदाएका छन् । यो तस्विर पत्रकार तथा कवि प्रकाश ढंगानाले खिचेका हुन् । उनले त्यो बालकलाई उठाएर केही सोधेनन् । केवल ती बालकलाई हेरे, तस्विर खिचे, मन अमिलो बनाए अनि हिँडे । त्यही कारणको उनको नाम, घर र उनी कहाँ जान लागेका हुन् थाहा छैन ।हाम्रो देशमा वालश्रम मुक्त घोषणा गरिए पनि यस्ता धेरै बालक छन् । बालश्रमको नारा जति नै उछालिए पनि कार्यान्वयन नहुदा फितलो भइरहेको छ ।