समाचार
देश स्वर्ग बन्छ भने म नर्क जान तयार छु’ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश स्वर्ग बन्छ भने आफू नर्क जान तयार रहेको बताएका छन् ।बुधबार बेलुकी ‘योहो’ टेलिभिजनसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका साथीहरुको निरन्तर अवरोधले संसद विघटन गरेको बताए ।राजधानीमा खबर छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विषयमा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डका परिवार, आफन्त र नातागोताको स्थिती मात्रै परिवर्तन गरेको बताए । ‘प्रचण्डले शहिद परिवारका एउटा बच्चा पढाउनु भएको छ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।