समाचार

मदनभण्डारीको शालिक अगाडी प्रचण्डले खाए यस्तो कसम, अचानक बल्खु मुख्यालय पुग्यो प्रचण्ड-नेपालको टोली

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अनौपचारी रुपमा विभाजन पछि भएको समानान्तर बैठक पछि प्रचण्ड-नेपाल समूह नेकपा मुख्यालय बल्खु पुगेको छ । बल्खु पुगेर मुख्य नेताहरुले मदन भण्डारी र जिवराज आश्रीतको शालिकमा माल्यार्पण गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा अनौपचारिक रूपमा विभाजन भएपछि दुई समुहको अलग अलग बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको एक समुह छ भने प्रचण्ड र नेपालको अर्को समुह छ । विहिवार बैठक पछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायत पक्ष पार्टी कार्यालय बल्खु पुगेका हुन् ।

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय माधव कुमार नेपाल, अमृत बोहोरालगायत नेताहरू पार्टी कार्यालय पुगेका हुन् ।

तत्कालीन एमालेको पार्टी कार्यालय रहेको स्थानमा अवस्थित जननेता मदनकुमार भण्डारीको शालिकमा मार्ल्यापण गरी सबै नेताहरुले अब पार्टीलाई एक ढिक्का बनाएर लैजाने कसम खाएका छन् ।

अध्यक्ष प्रचण्डले आफू पार्टीमा विगतको गल्ती दोहोर्‍याउने पक्षमा नरहेको भन्दै एकताबद्ध बनाएर अघि बढ्ने बताए।
अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीबाट यति हदको अलोकतान्त्रिक र निकृष्ट व्यवहार होला भन्ने आफूहरूले कहिल्यै नसोचेको भन्दै अब दृढतापूर्वक अघि बढ्ने बताए।

Related Articles

Back to top button