समाचार
काठमाडौंमा क्रिसमसको रौनक हेर्नुस् तस्वीरहरु
काठमाडौं – इसाइ धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमसको अघिल्लो दिन बिहीबार काठमाडौंमा यसको उल्लास देखिएको छ ।
धेरै सपिङ मल र मुख्य बजार क्षेत्रमा सजावट गर्ने, झिलिमिली उज्यालो बनाउने र क्रिसमस ट्रिहरु सजाइएको छ ।
क्रिसमसअघिको साँझलाई क्रिसमस इभको रुपमा युवाहरुले खुशियाली मनाउने अवसरको रुपमा लिने गर्छन् । त्यसैले सपिङ मल, रेष्टुरेन्टहरुमा विशेष सजावट छ र त्यहाँ ग्राहकको संख्या पनि बढेको छ ।
क्रिसमस विश्वभरका इसाई धर्मावलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाइने पर्व हो ।
नेपालमा यो दिन सरकारले इसाइ धर्मावलम्बीलाई सार्वजनिक विदा दिएको छ ।
nepalijantakhabar