प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। नेकपा विभाजनपछि ७ जना मन्त्रीहरुले राजीनामा दिएका थिए।
सरकारलेसंसद विघटन गर्ने निर्णय गरेको विरोधमा ७ जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रि थप्ने तयारी भएको हो।
नेकपा ओली समूहको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले छिटै मन्त्रिपरिषद्मा मन्त्रीहरु थप्ने निर्णय गरेको छ
सो निर्णयपछि प्रधानमन्त्री तथा नेकपा (ओली)का अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको बालुवाटार स्रोतले बताएको छ।
हाल पर्यटन मन्त्रालय, श्रम मन्त्रालय, खानेपानी मन्त्रालय, ऊर्जा मन्त्रालय, वन मन्त्रालय, कृषि मन्त्रालय र शिक्षा मन्त्रालय रिक्त छन्
नेकपा (ओली)को केन्द्रीय कमिटीले विभिन्न ४ वटा निर्णयहरु गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
उनका अनुसार बैठकका निणर्यहरु यस्ता छन्ः
१ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ कार्यकारी अध्यक्षको अधिकारबाट हटाइएको।
२ प्रदेश संयोजकहरुको चयन।
प्रदेश नम्बर १ संयोजक सुवास नेम्वाङ
प्रदेश नम्बर २ सत्यनारायण मण्डल
बाग्मती प्रदेश संयोजक ईश्वर पोखरेल
प्रदेश नम्बर ५ संयोजक शंकर पोखरेल
गण्डकी प्रदेश संयोजक पृथ्वी सुब्बा गुरुङ
कर्णाली प्रदेश संयोजक मणि थापा
सुदुर पश्चिम प्रदेश संयोजक लेखराज भट्ट
जनवर्गीय संगठन प्रमुख टोपबहादुर रायमाझी
काठमाडौ उपत्यका संयोजक कृष्णगोपल श्रेष्ठ
३ नयाँ चयन भएका केन्द्रीय कमिटी सदस्यहरुको सपथ ग्रहण तथा अनुमोदन। ४ खाली रहेको मन्त्रीहरु छिट्टै पदास्थापन गरिने।
nepalijantakhabar