समाचार

ओली र बादलबीच पटक–पटक भेटवार्ता नेकपाको कार्यकारी अध्यक्ष बन्दै बादल !

नेकपा २ टुक्रामा परिणत भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड– माधव कुमार नेपाल पक्षबीच अहिले विवाद चरम उत्कर्षमा पुगेको छ ।

ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै त्यसको प्रत्यक्ष असर पार्टीमा पनि परेको हो । प्रचण्ड–नेपाल पक्षले ओलीलाई नेकपा अध्यक्ष र संसदीय दलको नेताबाट बर्खास्त गरि नयाँ सरकार बनाउने दावी गरेको छ ।

पार्टी फुटमा गएकै बेला उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा अहिलेसम्म दुबै पक्षको भेला तथा बैठकमा सहभागी छैनन् ।

अन्तिममा गौतम प्रचण्ड–नेपाल समूहतिरै लाग्ने बताइएपनि बादल भने ओली पक्षतिरै ढल्किएको उनी निकट स्रोतले बताएको छ । संसद विघटन भएसँगै प्रधानमन्त्री ओली र बादलबीच पटक–पटक भेटवार्ता भएको छ भने सो भेटका क्रममा आफू प्रचण्ड–माधव पक्षतिर नरहेको बादलले ओलीलाई बताउँदै आएका छन् ।

स्रोतका अनुसार ओलीले बादललाई आकर्षक अफर गरेका छन् ।स्रोतले त्यो आकर्षक अफर के हो भन्नेबारे स्पष्ट नखुलाएपनि ओली पक्षमा बादललाई कार्यकारी अध्यक्षसम्म बनाउनेसम्मको अफर गरिएको छ । बादल समूहबाट मणि थापा यसअघि नै ओली समूहतिर गइसकेका छन् ।

onlinemarg

 

Related Articles

Back to top button