समाचार
प्रधानमन्त्री ओली प्रदेशसभा विघटन सँगै निवार्चनको घोषणा गर्ने तयारी
नेकपा विवादले उग्ररुप लिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली प्रदेशसभा विघटनको मुडमा पुगेका छन् । आफू खेमाका मुख्यमन्त्री अल्पमतमा परेपछि प्रधानमन्त्री ओली प्रदेशसभा विघटनको तयारी गरेका हुन् ।
गण्डकी प्रदेश बाहेक प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओली समूहका मुख्यमन्त्री अल्पमतमा छन् ।
आइतबार संघीय सरकारको प्रतिनिधिसभा विघटन गरेपछि प्रदेशमा आफूनिकट मुख्यमन्त्री अल्पमतमा परेका कारण प्रधानमन्त्री ओलीले प्रदेशसभासमेत विघटन गर्न गरी परामर्श गरिररहेका छन् ।
उनले प्रदेशसभा पनि विघटन गरेर सँगै निवार्चनको घोषणा गर्ने तयारी गरिरहेको एक नेताको भनाइ छ।
onlinemarg