समाचार

भारतीय पूर्व राजदूत मञ्जीभसिंह पुरीले नेपालमा राजतन्त्र फर्किने डरलाग्दो भविष्यबाणी

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमले हप्तादिन पुरा नगर्दै छिमेकी मुलुकहरुको पनि राजनीतिक सक्रियता बढेका बेला छिमेकी राष्ट्र भारतबाट नेपालका लागि भारतीय पूर्व राजदूत मञ्जीभसिंह पुरीले नेपालमा राजतन्त्र फर्किने डरलाग्दो भविष्यबाणी गरेका छन् ।

कारण नखुलाइकनै भारतले नेपालमा संसद तहसनहस भएको विषयमा केही नबोल्नुमा खास कारण रहेको उनको दाबी छ । पुरीले नेपालमा राजतन्त्र फर्किने सम्भावना भारतीय अखबार दैनिक ट्रिब्युनमा एक लेख लेख्दै देखाएका हुन् ।

राजा अस्ताएको १० बर्ष भएपछि पछिल्लो समयको राजावादीहरुको सडक आन्दोलनका कारण वर्तमान सरकारले राजासँग सम्झौता गर्न सक्ने उनको भविष्यवाणी छ । पुरीले लेखेका छन् ‘विगतमा प्रधानमन्त्री ओलीले आफू सांस्कृतिक राजतन्त्रका लागि खुला रहेको बताएका थिए ।

संसद विघटनको विषयमा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत विश्वासमा लिएको हुन सक्ने बताउँदै हालै सरकारले गरेका सिफारिसलाई यसको प्रमाणको हवाला दिएका छन् ।

उनले केपी सरकारले राजासँगको सम्झौता अस्विकार नगर्ने टिप्पणीसमेत गरेका छन् ।

 

भारतीय पूर्व राजदूत मञ्जीभसिंह पुरी​​​​​​

सरकारले संवैधानिक निकायमा पदाधिकारी सिफारिस गर्दा देउवाले नाम पठाएका व्यक्तिहरु पनि सिफारिसमा परेका छन् । पुरीले नेपाली कांग्रेसले संसद विघटनको विरोध गर्नुलाई पनि प्रश्नको घेरामा राखेका छन् । संसद विघटन कांग्रेसका लागि भगवानले दिएको उपहारको रुपमा विश्लेषण गर्दै उनले यसले कांग्रेसलाई निर्धारित समयभन्दा अगावै सरकारमा जाने अवसर सृजना गरेको बताएका छन् ।

यसले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै पार्टीमा भइरहेको नेतृत्वको आलोचना मत्थर पार्न पनि सघाउने पुरीको विश्लेषण छ ।

onlinemarg

Related Articles

Back to top button