समाचार
प्रचण्ड कार्यकारीको जिम्मेवारी बहन गर्न सक्षम नभएको, कार्यकारी अध्यक्ष अधिकार बदर
नेपाल कम्युनिष्ट पार्टी नेकपा को केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकले पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरेको छ । एक नेताका अनुसार केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकले प्रचण्ड कार्यकारीको जिम्मेवारी बहन गर्न सक्षम नभएको निष्कर्ष निकाल्दै उनको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरेको हो ।
ओली समूहले बिहीबार नै संशोधित विधान निर्वाचन आयोगमा दर्ता गरेको छ ।साथै बैठकले सातवटै प्रदेशमा पार्टी समन्वय गर्ने जिम्मेवारीसमेत तोकेको छ । यसअघि नेकपा प्रचण्ड–नेपाल समूहले संसद् विघटनलाई कू’ को संज्ञा दिँदै ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको थियो।
ओलीलाई अध्यक्षबाट हटाएर सो स्थानमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।
onlinemarg