समाचार

संसद विघटनविरुद्ध कांग्रेस र प्रचण्ड–माधव समूहद्वारा देशैभर आन्दोलनको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित नेपाली कांग्रेसले मंसिर १३ गते देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो ।

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समूहले पनि संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडकमा आन्दोलनमा उत्रिने निर्णय गरेको हो।

काठमाडौंमा भोलिदेखि नै दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने यो समूहको निर्णय छ । देशव्यापी प्रदर्शन भने १४ गते हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ । बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बबन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ । यस्तै, जनता समाजवादी पार्टीलेपनि संसद विघटन गर्ने कदमविरुद्ध आन्दोलनको घोषणा गरेको छ।

मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ देखि आन्दोलनमा जाने घोषणा गरेको हो । जसपाले संसद अझै जीवित रहेको निष्कर्ष निकालेको छ। संविधानमा संसद भंगको प्रावधान भएको भन्दै जसपाले सभामुखलाई संसदको बैठक बोलाउन आग्रह गरेको छ।

संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसार पुस ८ गते सबै जिल्लामा विरोध प्रदर्शन गर्ने, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने र १२ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय भएको छ।

onlinemarg

Related Articles

Back to top button