समाचार

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित काठमाडौं उपत्यकामा ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २४४ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा सय जना महिला र १ सय ४४ पुरुष रहेका छन् ।

काठमाडौंमा १ सय ९९, भक्तपुरमा १८ र ललितपुरमा २७ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर बिहीबार संक्रमित पुष्टि हुनेमा ६१३ रहेका छन् भने ५ को ज्यान गएको छ ।

news18nepal

Related Articles

Back to top button