समाचार

पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय १३ जनामा कोरोना भाइरसको संक्रमण ५ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५६ हजार ५ सय ९२ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप ७ सय ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २ लाख ४७ हजार ४ सय जना उपचारपछि निको भएका छन् । त्यस्तै, नेपालमा एकै दिन थप ५ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८ पुगेको छ । ७ हजार ३ सय ८४ जना आइसोलेसनमा रहेका छन् ।

news18nepal

Related Articles

Back to top button