समाचार

बैठक बस्ने तरिका बदल्नु पर्ने सबको साथ र जित पाए देशको नाक राख्नेछु : नेकपा उपाध्यक्ष वामदेव गौतम

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको बैठक बस्नेत तरिका बदल्नु पर्ने  र यदि सबको साथ र जित पाए देशको नाक राख्नेछु बताएका छन्। नेकपामा अहिलेको बैठक बोलाउने शैली बेठिक भएकोले त्यसलाई बदल्नु पर्ने गौतमको भनाई छ।

बैठकमा छलफल गर्ने प्रस्ताव र बैठकले गर्ने निर्णयमा पहिला सहमति खोज्नु उपयुक्त नभएको उनले बताए। नेकपामा पार्टी बैठक बोलाउनु पहिला दुई अध्यक्षको समझदारीमा बैठकका एजेन्डा तय गर्ने गरिन्छ। पछिल्लो पटक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष केपी ओलीको सहमति बिना एकल रूपमा राजनीतिक प्रस्ताव ल्याएका थिए।

प्रचण्डले प्रस्ताव ल्याउँदा आफूलाई जानकारी समेत नगराइएको, आफ्नो सहमति पनि नलिएकोले उनको प्रस्तावलाई ओलीले अवैधानिक प्रस्ताव भन्दै आएका छन्। सोही विषयप्रति लक्षित गरेर उपाध्यक्ष गौतमले पार्टीका निर्णयमै पहिला सहमति खोजेर बैठक बोलाउने शैली बेठिक रहेको दाबीसहित अध्यक्ष ओलीको आलोचना गरे। उनले यो शैली परिवर्तन गर्नै पर्ने बताए।

‘बैठक राख्न पनि सहमति हुनुपर्ने भन्ने कुरा ठिक होइन। सचिवालयको एउटा सदस्यले माग गरे पनि बैठक हुनुपर्छ। दुई जनाको बिचमा सहमति भएन भने पनि बैठक हुनुपर्छ,’ गौतमको भनाइ थियो, ‘बैठकमा के पास गर्ने, निर्णय गर्ने भनेर सहमति गरेर मात्र बैठक राख्ने भन्ने कुरा ठिक छैन, यो तरिका बदल्नुपर्छ।’

 

प्रधानमन्त्री ओलीले पहिले दुई अध्यक्षबीच सहमति गरेपछि मात्र बैठक बस्नुपर्ने अडान राख्दै आएको पृष्ठभूमिमा गौतमले आजको सचिवालय बैठकमा त्यस्तो धारणा राखेका हुन्।

beni post

Related Articles

Back to top button