समाचार

उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु : नेकपा अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादल आफ्नो समूहको बैठकमा आउने बताएका छन्। ओली र प्रचण्ड दुबै समूहको बैठकमा नगएका बादल आफ्नो समूहको बैठकमा आउने उनको दाबी छ।“बादल भोलिको हाम्रो बैठकमा आउनु हुन्छ,” प्रचण्डले भने, “वामदेव गौतम पनि बालुवाटारको बैठकमा जानु भएको छैन। यतै आउनु हुन्छ।” उनले प्रचण्ड–नेपाल समूहको बैठक आधिकारिक भएको दाबी गरेका छन्।

यसअघि बादलले आफू निकट नेताहरुसँग आफ्नै निवासमा छलफल गरेका थिए।वादलका स्वकीय सचिव सूर्य सुवेदीले नेकपा फुटिसकेका कारण अब विचार मिल्नेहरुसँग नै आफूहरु रहने स्पष्ट गरेका छन्। सोमबार बिहान भएको भेलामा पनि वादलले आफू अन्तिममा प्रचण्ड र माधव नेपालकै समूहमा रहने स्पष्ट पारेका थिए।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा भएको भेलाबाट केन्द्रीय समिति विस्तार गर्ने निर्णय लिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले १ तिहाई केन्द्रीय सदस्य भएको बैठकले झण्डै २ तिहाई सदस्य संख्या थप्नु स्वीकार्य हुन नसक्ने बताए ।

बालुवाटारमा बसेको ओली निकटको केन्द्रीय समिति बैठकले एकता महाधिवेशनका लागि भन्दै ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन गरेको थियो।यसअघि रहेको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीले २ वर्ष भित्र एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने अभिभारा पाएपनि काम गर्न नसककोले सदस्यको संख्या विस्तार ओली पक्षको तर्क छ। जसमा हाललाई १ हजार ३ सदस्सीय बनाइएको छ भने बाँकी संख्या क्रमशः थपिनेछ।तर प्रचण्डले आफूपक्षीय केन्द्रीय समिति बैठकमा ओलीले बोलाएको बैठक अवैधानिक रहेको जिकिर गरे।

उनले आफूहरुले बोलाएको बैठक नै वैधानिक रहेको समेत बैठकलाई सम्बोधनका क्रममा बताए। ‘निर्वाचन आयोगलाई म भन्न चाहन्छु। यहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य हुनुहुन्छ। केही सदस्य बाटोमा आउँदै हुनुहुन्छ। संविधान, नियम कानुन अनुसार यो वैधानिक नेकपा हो’, उनले भने ।संवैधानिक अंगहरु नेपालको ऐन कानुन अनुसार चल्छन् भन्ने विश्वासमा आफू रहेको पनि उनले बताए। प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल आफूहरुको समूहमा आउने पनि बताएका छन्।

Related Articles

Back to top button