टिकटक बनाउन पुलमा झुण्डिएका भनिएका युवकको बारे नया खुलासा, साथीहरुको भागाभाग
टिकटक बनाउने क्रममा पुलबाट खसेर गम्भीर घाइते भएका दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापाको मृत्यु भएको छ। गत शनिबार दिउँसो सवा २ बजे तिर उनि बबई गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुल मुनि झुण्डीएर टिकटक बनाउने क्रममा लडेर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान उनको मृत्यु भएको हो ।
साथीहरुसंग पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका उनीहरु बबई नदी माथिको झुलुङ्गे पुलमा टिकटक बनाउन गएका थिए । तर रमेश थापाले उत्श्रीन्खलता प्रदर्शन गर्दै पुल मुनिको सपोर्ट तारमा झुण्डिने दुस्साहस गरे । उनि तारमा झुण्डीसके पछि फर्कनलाई धेरै कोशिस गरेको भिडियोमा देख्न सकिन्छ । तर उनको हात गल्दै गए पछी हात छोड्छन र २० मिटर तल बगरमा बजारिन पुग्छन । उनि झुण्डिएको माथि ५-७ जना साथीहरु पनि देखिन्छ तर उनीहरुले खासै सहयोग गर्न सकेनन ।
गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो । उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चोटपटक लागेको थियो । टिकटक बनाउनको लागी पुलमा झुण्डिएको भनीए पनि रमेशको टिकटक एकाउन्ट नै नभएको खुलासा भएको छ । संगै पिकनिक गएका र पुलमा गएका साथिहरुले समेत रमेशको उद्दार गर्ने कोशिस नगरेको आफन्तको आरोप छ । यस विषयमा मृतक युवकको आफन्तसंग गरिएको कुराकानी हेर्नुहोस भिडियोमा: