अन्तत:दुधे छोरा छोरी र कतार भएका श्रीमान लाइ छोडेर टाप कसेकी भेटीईन।
काठमाण्डौ कोरोना भाइरसको महामारीका बेला जहाज उडान, ग्राउन्डिङ र सञ्चालनको लागि नेपाल नागरिकउड्डयन प्राधिकरणले निर्देशिका बनाएको छ ।कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने हिसाबले निर्देशिका बनाइएको प्राधिकरणले जनाएको छ । कुनै पनि उडान गर्दा यात्रु, एअरलाइन्स कम्पनी, विमानस्थल लगायतका पक्षले निर्देशिका पूर्णरुपमा पालना गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।निर्देशिकाअनुसार ज्वरो आएका,रुघाखोकी लागेका र स्वाद र गन्ध थाहा नपाउने यात्रुले जहाजमा यात्रा गर्न पाउने छैनन् । मेडिकल मास्क अनिवार्य गरिएको छ । शरिरको तापक्रम ३८ डिग्री सेल्सियस वा १ सय
दशमलव ४ फरेनहाइटभन्दा कम हुनुपर्नेछ । विमानस्थलमा भिडभाड गर्न पाइनेछैन । यस्तै जहाजमा पत्रिका र म्यागेजिन बोक्न प्रतिबन्ध लगाइएको छ । आन्तरिक उडानमा जहाजले खाजा या अन्य खानेकुरा दिन पाउनेछैनन । ७० वर्ष नाघेका, गर्भवती र गम्भीर बिरामीलाई यात्रा नगर्न सुझाव दिइएको छ । कुकुर, बिरालो लगायतका जनावरलाई जहाजबाट यात्रा गराउन पाइनेछैन । विमानस्थल र जहाजमा के गर्न मिल्ने र के गर्न नमिल्ने लगायतका जानकारी एअरलाइन्स अपरेटरले होर्डिङबोर्ड, फ्लेक्स वा स्कृनमार्फत दिनुपर्नेछ । एअरलाइन्स कम्पनीहरुले नेपाल नागरिक उड्यन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक
उड्डयन संगठन आई बनाएका नियम पूर्णरुपमा पालना गर्नुपर्नेछ ।हरेक उडानअघि जहाजलाई इन्फेक्सनरहित बनाउनुपर्नेछ । एअरलाइन्सले स्यानिटाइजर उपलब्ध गराउनुपर्नेछ । भौतिक दूरी कायम राख्नुपर्नेछ, एअरलाइन्सका कर्मचारीले पूर्ण रुपमा सुरक्षाका उपकरण प्रयोग गर्नुपर्नेछ । उडान अवधिमा जहाजका कर्मचारीलाई पीपीई अनिवार्य गरिएको छ । यस्तै विमानस्थल प्रवेश गर्ने सबैको गेटमै तापक्रम जाँच हुनेछ मास्क नलगाएका व्यक्ति विमानस्थलमा प्रवेश नै गर्न पाउनेछैननटर्मिनल भवनभित्र कम्तीमा १ मिटरको दूरी कायम गरेर बस्नुपर्नेछ । कोरोनाको शंका लागेका व्यक्तिलाइ विमानस्थलले छुट्टै कक्षमा राख्नेछ । सबै कर्मचारीले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । विभिन्न स्थानमा स्नानिटाइटर, धारा र साबुन उपलब्ध हुनेछ ।