समाचार

दाइलाई समात्नुपर्नेमा झुक्किएर नचिनेर भाइलाई समातेर भक्तपुर पुर्याइएपछि प्रहरी टोली तनावमा!

काठमाडौं । विप्लव नेतृत्वको नेकपाका अर्थविभाग अन्र्तगतको विशेष कमिटीका ईन्चार्ज प्रेम दर्नाल (विकल्प)लाई केही दिन अघि प्रहरीले ललितपुरको नख्खु क्षेत्रबाट पक्राउ गरेको थियो।

चन्दा उठाएको आ,रोपमा उनलाई प,क्राउ गरि नेपाल प्रहरीले अ,नुसन्धान गरिरहेको थियो।

दर्नालको तर्फबाट सर्वोच्च अदालतमा बन्दि प्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्चले निर्दोष भन्दै उनलाई रिहा गर्न आदेश दिएको थियो।

आदेश भएकै दिन साधा पोशाकको प्रहरी टोली उनलाई पुनः पक्राउ गर्न अदालतको गेटमा बसिरहेको थियो।

प्रेमलाई स,मात्नुपर्नेमा झुक्किएर उनका भाई प्रमेश दर्नाललाई समातेर भक्तपुर पुर्याइएपछि प्रहरीले बल्ल अर्कै मान्छे स,मातिएको चाल पाएको थियो। प्रहरीले भने दुईटै दाजुभाईले ट्वाइलेटमा गएर एकले अर्काको लुगा लगाएपछि झुक्किएको बताएको छ। प्रमेश दाई छुट्ने भन्दै उनलाई लिन अदालत पुगेका थिए।

उक्त घटनाले प्रहरीभित्र खै,लाबै,ला नै मच्चिएको छ।

सो घ,टनाका स,म्बन्धमा साधा पोशाकका प्रहरी देखी एसएसपी सम्मलाई प्रहरी प्रधान कार्यालयले उनी कसरी उ,म्किए भन्दै स्प,ष्टिकरण सोधेको बताइएको छ।

साथै दर्नालको खो,जीका लागि ठूलो संख्यामा विशेष प्रहरीको टोली परिचालन गरिएको छ।

दर्नाल नेकपा विप्लव समूहका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँग नियमित स,म्पर्कमा रहने व्यक्ति भएको बताइएको छ

Related Articles

Back to top button