समाचार

श्रीमानले नै बीच बाटोमा अलपत्रै पारेर बेपत्ता भईदिएपछि संगीता यता न उताकी भएकी छन्, भन्छिन्,‘उहाँ जहाँ भएपनि फर्किए आईदिए म सात जुनीसम्म पनि कुर्न तयार छु ।’ (भिडिसहित)

बुटवल । रुपन्देही बुटवलका सुन्दर कुमार श्रेष्ठ र लम्जुंगकी संगीता श्रेष्ठबीच प्रेम भयो । परिवारले छुटाउन खोजे तर उनीहरु परिवारको वि’रु’द्धमा गएर भागेर विबाह गरे र नुवाकोटमा गएर डेरा गरेर बसे । त्याहाँ उनीहरु दुवैले साँझ बिहानको छाक टार्नकोलागी मज्दुरी पनि गरे । बिहे गर्दाको समयमा संगीताले १२ पढ्दै थिईन् । जीवनको नयाँ अध्याय शुरु गरिरहंदा संगीताको परीक्षा आएको हुनाले उनलाई परीक्षा दिन पोखरा जानु पर्ने हुन्छ । र उनी पोखरा जान्छिन् ।

संगीता पोखरा गएकै बेला सुन्दर कुमार भने श्रीमती संगीतासंग सम्पर्कमा आउँदैनन् । सबै कुरा ठीक र राम्रै चलि रहंदा जब श्रीमान सुन्दर कुमार बेपत्ता भए तबदेखि संगीताको दिन पनि रात जस्तै भएर बितिरहेको छ । फेसबुके माया प्रेमको यो जोडी अहिले सुन्दर कुमार गायब भएदेखि संगीता श्रीमानको खोजीमा एक्लै भौंतारी रहेकी छन् । उनी भन्छिन्,‘म उस्लाई सात जुनीसम्म पनि कुर्न तयार छु ।’

फेसबुकबाट शुरु भएको चिनाजान र त्यसपछि निरन्तरको बोलीचालीले गर्दा बसेको माया प्रेमको शुरुवात नहुँदै अन्त्य भएको छ । सुन्दर र संगीताको सम्बन्धलाई परिवारले नस्वीकार्दा पनि यी दुवैले एकअर्काको साथ दिई नै रहे । त्यसैको नतिजा हो यीनीहरुले भागी विबाह पनि गरे । तर अचानक के भई दियो सबै कुरा सक्किएको बताउँछिन् संगीता । भिडियोसहित:

Related Articles

Back to top button