टिकटक बनाउदा झोलुङ्गे पुलबाट खसेको प्रत्यक्ष देख्नेले यसो भने, यसरि अटेर गर्दै गएका रहेछन् (हेर्नुस् भिडियो)
दाङमा टिक–टक बनाउने क्रममा झोलुङ्गे पुलबाट ल’डेर एक जना गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका–५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झोलुङ्ग पुलमा टिक–टक बनाउने क्रममा ल’डेर तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा गम्भीर घाइते भएका हुन् ।
इलाका प्र हरी कार्यालय तुलसीपुरका अनुसार ग म्भीर घा इते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकलमा रेफर गरिएको छ । उनको अवस्था अझैं पनि गम्भीर रहेको बताइएको छ ।
शनिबार रमाईलो गर्ने भन्दै २५/२६ जना साथी मिलेर पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका थिए। त्यहीँ समयमा थापाले टिकटक बनाउन भन्दै बबई नदी माथिको झुलुङ्गे पुलमा राखिएको सपोट तारमा झुण्डिएका थिए।
‘पिकनिक खाइसकेपछि साथीसँगै झुलुङ्गे पुलमा गएका थापाले टिकटक बनाउन भन्दै सपोट तारमा झु ण्डिएका रहेछन्,’ केसीले भने, ‘केहीबेर झु ण्डि एपछि उनको हात गल्यो र उनी त्यहीँबाट सोझै तल बगरमा खसेको भन्ने छ।’
थापा झन्डै २० मिटर माथिको पुलबाट बगरमा बजारिएका थिए। उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चो’टप’टक लागेको भन्ने जानकारी उनका साथीले दिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।