समाचार

वैदेशिक रोजगारी बाट र्फकने नेपालीहरु भन्सार महसुलका लागी आजबाट लागुभयो नया नियम।हेर्नुहोस।

काठमाडौं ।सरकारले कोरोना भाइरसका कारण विदेशमा रोकिएका नागरिकका उद्दार थालेको छ ।यसको केही समयपछि सम्भवतः नियमित उडान पनि सूचारु हुनेछ यसअवस्थामा सुन रत्यसको गहना बोकी साविककै मूल्यमा भन्सार तिर्ने गरी आउँदै हुनुहुन्छ भने विमानस्थलमा तपाईलाई समस्या पर्न सक्छ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८को बजेटबाट सुनमा भन्सार महसुल बढाएको छ ।यसकोअसर विमानस्थलमा यात्रुले साथमै बोकेर आउने सुनमा समेत पर्नेछ । अब विमानस्थलमा साविकको तुलनामा सुनको भन्सार बढी तिर्नुपर्ने भएको छ । सरकारले चालु आवको बजेटबाट १ सय ग्रामसम्मको सुन साथमा ल्याउन सक्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ ।तर, त्यस्तो सुन भित्र्याउँदा विमानस्थलमा भन्सार तिर्नुपर्छ यसरी तिनुपर्ने शूल्क आगामी आर्थिक वर्षको बजेटले बढाएको होसुनको हकमा के हुन्छ ?तपाईले १ सय ग्रामसम्म सुन साथमा ल्याउन पाउनुहुन्छ । जसमध्ये पहिलो ५० ग्रामसम्मकोसुनलाईप्रति
१० ग्राम ९ हजार ५ सय रुपैयाँ भन्सार महसुल तिरे तिर्नुपर्छ ।अर्थात् पहिलो ५० ग्राम सुन ल्याउँदा ४७ हजार ५ सय भन्सारमहसुल तिरेर भित्राउन पाइने

भएको पछिल्लो ५० ग्राम सुनको हकमा भने प्रति १० ग्राम १० हजार ५ सय भन्सार महसुल तिरेर ल्याउन पाइने भएको छ सुनको गहनाको हकमा केहुन्छ विदेशबाट फर्कदा सुनका गहना ५० ग्रामसम्म भन्सार नतिरी ल्याउन पाइनेछ यो साविककै व्यवस्था हो ।तर, त्यो भन्दा बढी अधिकतम २सय ५० ग्रामसम्म भन्सार तिरेर गहना भित्राउन सकिनेछ यात्रुले ल्याएको ५० ग्रामसम्मकोगहनालाई विमानस्थल भन्सारले सिधै पास गर्नेछ । ५० ग्रामदेखि माथि १ सय ग्राम सम्मको गहनालाई प्रति १० ग्राम १० हजार ५ सय रुपैयाँ भन्सार लाग्नेछ१ सय ग्रामभन्दा माथि थप एक सय ग्रामको सुनको गहनालाई भने प्रति १० ग्राम १२ हजार रुपैयाँ भन्सार महसुल तिरेर साथमा ल्याउन सकिनेछ तोकिएको परिणामभन्दा बढी ल्याएको सुन भने भन्सारले जफत गर्ने भन्सार विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ भन्सार छूटमा के के सामानल्याउन पाइन्छ ?यात्रुले लुगाफाटा,वरविच्छ्यौना, घर गृहस्थीका सामान र पुराना सामानलाई कर नतिरी नेपाल ल्याउन पाउँछन् । औषधी उपचार गराई फर्केका बिरामीले ल्याएका औषधी समेत कर नतिरी ल्याउन पाइन्छ ।शारीरिक रुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गर्ने सामानमा पनि भन्सार लाग्दैन यात्रुले आफ्नो साथमा ट्यावलेट वा कम्प्यूटर वा ल्यापटप, घडी,क्यामरा,सेलुलर मोवाइल फोनर
पेन ड्राइभ एक-एक थानल्याउन चाहेमा समेत भन्सार लाग्दैन ।बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एकएकथान,पेशागत यात्रुले प्रयोग गरी ल्याएका सामा

न्य प्रकारका सामान (चिकित्सक, खेलाडी, संगीतकारलगायतले प्रयोग गर्ने सामान) एकएक थान बोकेर आउँदा समेत भन्सार नलाग्ने व्यवस्था मिलाइएको छ ।टेलिभिजन र रक्सीमा के हुन्छ ?श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गईकम्तिमा लगातार १२ महिना विदेशमा काम गरर्फकने नेपाली यात्रुले एक पटक का लागि ३२ इन्चसम्मको एउटा टेलिभिजन सेट निशूल्क ल्याउन पाउने भएका छन् ।त्यो भन्दा माथिको टेलिभिजन सेटल्याएमा भने दरवन्दीअनुसार नैभन्सार तिर्नुपर्ने कार्यालयले स्पष्ट पारेको छ ।हरेक यात्रुले आफ्नो साथमा एक लिटरसम्मको मदिराको बोतल ल्याउन सक्ने प्रावधानलाई निरन्तरता दिइएको छ । ७ किलोसम्मको खाद्य परिकारमा पनि भन्सार लाग्दैन ।भन्सार तिरेर के ल्याउन पाइन्छ ?यात्रुले सरकारको तोकेको भन्सार महसुल तिरेर आफ्नो साथमा थप सामान ल्याउन पाउने भएका छन् ।भन्सार तिरेर म्यूजिक सिस्टम, रेफ्रिरेटर, वासिङ मेसिन, पंख्या, रेडियो, सिठि प्लेयर र डिभिसी प्लेयर एक/एक थान साथमा ल्याउन पाइने भएको छ ।लुगाफाटो, जुत्ता, कस्मेटिक सामानबढीमा १५ थानसम्म भन्सार तिरेर ल्याउन सकिने भएको छ ।घरायसी प्रयोगका सामान (मिक्स्चर, जुसर, सिलाई मेसिन, ग्याँसटेबुल, इस्त्री, राइसकुकुर लगायत)सामान दुई/दुई थानसमेत भन्सार तिरेर नेपाल ल्याउन पाइने भएको छ ।१० किलोसम्मको खाद्य परिकार, व्यवसायिक पेशामा लागेका व्यक्तिका प्रयोगका सामान दुई/दुई थानमा समेत भन्सार तिरेर ल्याउन सकिने भएको छ । अन्य घरासयी प्रयोगका सामान बढीमा दुई/दुई थान सामान समेत कार्यालयले भन्सार लिएर पास गर्ने भएको छ

Related Articles

Back to top button