समाचार

विप्लव स’मूहका विद्यार्थी नेता माइती घरबाट प;क्रा;उ

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलाबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ स’मूहका एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सो स’मूहका विद्यार्थी नेता उषाकिरण छन् । माइतीघरमा सरकार वि’रोधी प्र’र्दशनका क्रममा उनलाई पक्राउ गरिएको हो । उनी अखिल क्रा’न्तिकारीको त्रिचन्द्र कलेज एकाइ अध्यक्ष थिए ।

अहिले माइतीघरमा विवेकशील साझालगायत दलहरुले प्र’दर्शन गरिरहेका छन् । त्यस्तै संसद वि’घटन गरिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांँग्रेसले आ’न्दोलनबाटै संसदको पुर्नस्थापनाका लागि द’बाब दिने गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक शैलीमा संसद् वि’घटन गरेको निष्कर्ष निकाल्दै सडकमा आ’न्दोलनमा जाने निर्णय लिएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको गै’रसंवैधानिक र अ’लोकतान्त्रिक क’दमविरुद्ध सडकमा जाने निर्णय लिएको जानाकारी दिदै आ’न्दोलनको स्वरुप भने मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले तय गर्ने बताउनुभयो ।बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सरकारले गरेको सिफारिसप्रति पनि अ’सन्तुष्टि प्रकट गरेको छ ।

अपारदर्शी र संसदीय प्रक्रियाविपरीत सं’वैधानिक निकायमा गरिएको नि’युक्ति सिफारिस स्वी’कार नगर्ने पनि नेपाली काँग्रेसका नेता रमेशकुमार लेखकले जानकारी दिनुभयो ।सरकारको क’दमवि’रुद्ध चालिने आ’न्दोलनको स्वरुप तयार गर्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

 

Related Articles

Back to top button