सुत्नु अघि भगवान शिवको दर्शन गर्दै सोमवार ब्रत बस्ने चलन कसरी सुरु भयो ?
ज्योतिष शास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । यस महिनाको सोमबारको दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै ब्रत बस्ने परम्परा छ। पुराणअनुसार हस्ता नक्षत्रयुक्त सोमवारको ब्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पाइन्छ। हिन्दू धर्म अनुसार यो महिनाको सोमबार ब्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ ।
पुराणहरूमा मुख्य तीनथरि ब्रतको चर्चा पाइन्छ । ती हुन्, साउने सोमबार, र्सोह सोमबार एवं सोम प्रदोष । सोमबारको ब्रत विधि पनि अन्य ब्रतजस्तै हुन्छ । यो ब्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । ब्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी ब्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।
यसपटक साउनको पहिलो सोमवार साउन ५ गते परेको छ। यस हिसाबले यो वर्ष साउनमा ४ वटा मात्र सोमबार परेको छ। सोमबार शिवको ब्रत बस्ने चलनको पछाडी धेरै कथाहरु चलिआएका छन। यी कथाहरु मध्ये तीन कथाहरु बढी चर्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको ब्रत पश्चात धन प्राप्त गरेको कथा छ। दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतिको कृपाले छोराको पुर्नजन्म भएको थियो। तेस्रोः शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।
कुनै पनि खालको ब्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्छ। समय समयमा ब्रत बस्नाले शरिरलाइ फाइदा पुर्याउँछ। ब्रतको धारणा परापुर्वककालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाइ आकर्षित गर्न प्रयोग गर्थे। यसले शारिरीक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा ब्रत गर्ने आफैले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षसम्म पनि यो प्रथा चलिआएको छ ।सोमबार भन्ने बित्तिकै हामीलाई या त भगवान महादेव शिव को याद आउछ ।
हजुर हिन्दू धर्ममा सोमवार लाई निकै पवित्र बार मानिन्छ । यो दिन बिधी पूर्वक भगवान महादेवको ब्रत गरिन्छ । आखिर किन गरिन्छ त यि दुबै देव को ब्रत ? यहाँ केही ब्रत तथा बिधी समेत ब्यखा गरिएको छ ।श्रावण ब्रत (साउने सोमवारको ब्रत) : साउन महिना यसैपनी भगवान शिवको प्रिय महिना, त्यसमा पनि सोमवार त सुनमा सुघन्ध जस्तै हुन्छ । साउन महिनाका प्रतेक सोमवार बिशेष प्रकारले भगवान शिवको पूजा आराधाना गरिन्छ। यसो गर्नाले महादेव निकै खुशी हुने र सबै दु:ख तथा कस्टहरु निर्मुल हुन्छन ।
श्रावण महिनामा सम्पूर्ण शिव मन्दिरहरु भक्तजनले खचाखच हुन्छन । गेरु रङको बस्त्र लगाएर बिधी पूर्वक शिवलाई जल अर्पण गर्नाले सारा पाप नाश हुने र मुक्ती मिल्ने कुरा ग्रन्थमा उल्लेख गरेको पाईन्छ । भगवान शिवले स्वयम आफ्नो मुख बाट ब्रह्माजिका मानसपुत्र सनत कुमार लाई साउन महिमा सुनाउनु भएको हो । उहाले भन्नुभएको थियो कि “मेरा तीन नेत्र मध्य सुर्य दहिने नेत्र, अग्नी मध्य नेत्र र चन्द्र बाम नेत्र हुनुहुन्छ । जब सुर्य कर्कट रासी बाट सिंह रासिमा भरमण गर्नुहुन्छ त्यो समय अत्यन्त पवित्र हुन्छ । त्यसैले श्रावण सक्रान्ती देखी भद्र सक्रान्ती को समय निकै पवित्र साथै फलदाइ पनि हुन्छ । त्यसैले साउन मलाई अत्यन्तै पवित्र हुन्छ ।”
सोमवार शिवजिको अत्यन्त प्रिय हुन्छ किनकी सोम को अर्थ चन्द्र भन्ने पनि हुन्छ । जुन चन्द्र लाई स्वयम भगवान शिव ले जटामा धारण गर्नु भएको छ । सोमवार शिव को ब्रत गर्नाले पाप नाश भएर शिव धाम प्राप्त हुनेछ । महादेवको क्रीपाले सबै सन्सारिक दु:खको नाश हुनेछ भने मनुस्य कालमै प्रब्र्हमा प्राप्त हुनेछ । तर स्मरण रहोस् “शिवको आराधना गर्दा अर्ध-नारिश्वर स्वरूपमा आराधाना गर्नुहोला” ।
महिलाकोलागी सोमवार को ब्रत अनिबार्य:यदी तपाईं महिला हुनुहुन्छ भने सोमवार को ब्रत अनिबार्य गर्नुहोला । यो ब्रत गर्नाले यदी अविवाहित हुनुहुन्छ भने उत्तम पुरुषको प्राप्ती हुनेछ । तपाईं सधैं सुखी र खुशी हुनुहुनेछ । बिबाहित महिलाले यो दिन अर्ध नारिश्वरको ब्रत गर्नाले भगवान शिव र माता शक्तिको भक्ती गर्दा तपाईंको पतिको स्वास्थ्य सबल हुनेछ भने पूर्ण आयु प्राप्त हुनेछ । साथै पति-पत्नी बिचको सम्बन्ध पनि प्रगाढ हुन्छ र जीवन सुखमाया हुन्छ ।
१६ सोमबार को ब्रत बिधी:त्यसो त सबै सोमवार को ब्रत बिधी उस्तै छ । १६ सोमवार जुन साउन महिनामा पनि प्रात देखी सन्ध्या सम्म यो ब्रत गर्ने गरिन्छ । साझ परेपछी शिव पार्वती को बिधी पूर्वक पूजन गरी सोमवार ब्रत कथा सुन्नु पर्दछ । बर्तालुले दिनमा केबल १ पटक सुद्ध भोजन ग्रहण गर्नु पर्दछ । यदी तपाईं पनि यो ब्रत गर्न चाहनुहुन्छ भने साउनको पहिलो सोमवार बाट यो ब्रत सुरु गर्नुहोस् । जुन ब्रत बिधी यस्तो छ:
ब्रत वाला दिन बिहान सबै उठेर नुहाइ सके पछी गंगाजलले पूजा स्थल सुद्द गर्नुहोस् । अनी पूजा स्थानमा रातो सफा बस्त्र बिछाउनुहोस् र शिव परिवार स्थापित गर्नुहोस् । पूजाको समयमा पञ्चम्रित अर्थात दुध, दही, मह, चिनी र घ्यु अनी त्यसमा गंगाजल मिसाइ शिव परिवार लाई स्नान गराउनुहोस् ।
शिवजिलाई सेतो फुल, बेलापत्र तथा सेतो बस्त्र, गणेशजिलाइ सिन्दुर, दुबो, गुण तथा पहेलो बस्त्र चढाउनुहोस् । नौबेधको लागि शिव जि को लागि सेतो तथा गणेशजिको लागि पहेलो रङको लद्दु ब्याबस्था गर्नुहोस् । अनी भगवान गणेश तथा महादेवको स्तोत्र पाठ गरी स्वागत गर्नुहोस् ।बाँकी अरु पूजा गरेजस्तै गरी पूजा सम्पन्न गर्नुहोस् र अन्त्यमा शिव तथा गणेश पाठ गर्नुहोस् । त्यस्पछी सुद्ध आहार वा फलहार गर्नुहोस् ।