जनताको पैसा डुबाउँने मेगा बैंकको यस्तो कर्तुत : कालोसूचीमा नाम, जति चाहियो त्यति लान पाईंने दाम
भारतको तेश्रो ठुलो ऋणदाता वित्तीय संस्था आइसिआइसिआइ बैंकको सफल नेतृत्व गरेर बिश्वमै वाहवाही कमाएकी सिइओ चन्दा कोचरले ऋण प्रवाहमा गरेको लापरवाहीको कारण भोग्नु परेको हविगतको बारेमा हामीले अगाडि नै प्रस्तुत गरिसकेका छौं । अमेरिकन बिजनेस पत्रिका फोर्बसको बिश्वकै सय शक्तिशाली महिलाको सूचीमा समेत लगातार सात पटकसम्म पर्न सफल कोचरको समेत त्यो हालत भएको थियो ।
सिइओ कोचरले सन् २०१२ मा वेणुगोपाल धुत अध्यक्ष रहेको भिडियोकोन ग्रुपलाई ३२५० करोड भारु ऋण दिएर आफ्नो पारिवारिक फाईदा लिँदा ऋणी धुतले केही रकम मात्र तिरेर २८१० करोड भारु तिरेका थिएनन् । जुन् कुरा सन् २०१६ मा सञ्चार माध्यमले भाईरल बनाएर उठाउँनासाथ कोचरलाई धक्का लागेको थियो ।
आफ्नो फाइदाको लागी बैंकको रकमलाई अनधिकृत रुपमा प्रवाह गर्दा चम्किलो उनको नाममा दाग मात्र लागेन, भएको इज्जत प्रतिष्ठा गुमाएर जनताको त्यति ठूलो रकमलाई बैंकले नउठ्ने खराब कर्जाको रुपमा घोषणा समेत गर्यो । एक जनाको नियतले गर्दा भारतको त्यति ठुलो अझ भनौं भने अमेरिकाको न्युयोर्क स्टक एक्सचेञ्जमा समेत सूचिकृत उक्त बैंक नै धरासयी हुन सक्ने अवस्था आएको थियो भने नेपालमा कुनै बैंकले यसरी कर्जा प्रवाह गरेमा के होला ?
सर्वाधिक सचेत हुनु पर्ने नेपालको बैंकमा पनि कोचरको जस्तै काण्ड मच्चिएको छ । ठ्याक्कै भारतको जस्तो आइसिआइसिआइ बैंककै झल्को किन पनि आउँछ भने यस्तो घोटाला गर्ने नेपालको बैंकको सिइओ पनि महिला नै छिन् ।
अनुपमा खुन्जेली नेपाली बैकिङ क्षेत्रको एकमात्र महिला सिइओ हुन् । उनले पनि कोचरकै पदचापमा आफूलाई उभ्याउँदै कालोसूचीमा परेको फर्म र व्यक्तिलाई ऋण दिएको खुलेपछि मेगा बैंकमा कारोबार गरिरहेका बचतकर्ताहरुमा खेलाबैला मच्चिएको छ ।
मेगा बैंकमा गुरुदत्त पौडेल र उनकी श्रीमती भुमादेवी गौतम (पौडेल) खराब ऋणीका रुपमा देखिन्छन् । २०७६ सालको ज्येष्ठ २९ गते बैंककै सिफारिसमा कर्जा सूचना केन्द्र लिमिटेडले गुरुदत्तलाई कालोसूचीमा राखेको छ । केन्द्रले पौडेललाई क्रम संख्या ७७११ को कालोसूची नं. १३१५८ नं.मा राखेको स्पष्ट देख्न सकिन्छ ।
श्रीमान् पौडेल कालोसूचीमा परेको ५ दिनपछि उनकी श्रीमती भुमालाई महानगरीय प्रहरी बृत्त महाराजगंजले पक्राउ गरेको हुन्छ । उनीहरुबाट ठगिएका उत्तम कुमारको निबेदनका आधारमा भुमालाई पक्राउ गरिएको भएतापनि एक हार्डबेयर ब्यापारीलाई ५ लाख ४२ हजार रुपैयाँको खालीचेक दिएको अभियोगमा उनलाई हिरासतमा राखिन्छ ।
श्रीमान् कर्जाको कालोसूचीमा र श्रीमती हिरासतमा रहेका बेला ३ जुलाई २०१९ अर्थात २०७६ असार १८ गते “disburesment of loan” शिर्षकमा ८५ लाख रुपैयाँ ऋण बैंकले नै जम्मा गरिदिन्छ । उक्त रकम बापतको १ प्रतिशत सेवा शुल्क बापत बैंकले ८५ हजार रुपैयाँ लिन्छ ।
अब बैंकमा कुल रकम ८४ लाख १५ हजार रहन्छ भने ४ जुलाई अर्थात असार १९ गतेका दिन लगातार १० वटा चेक मार्फत उक्त रकम सबै भुक्तानी गरिन्छ । बैकले कालोसूचीमा राखेका गुरुदत्त पौडेलको नाममा चेक नं. २०१८३४०८५८ मा ३ लाख रुपैयाँ भुक्तानी गरिएको छ । गुरुदत्तलाई गरिएको भुक्तानीसँगै बिस्वास मल्टिपर्पोज प्रा.लि.को नाममा रहेको उक्त खातामा बचत सुन्य हुन्छ ।
यसरी बैंकले बिचौलियाहरुसँग मिलेर जनताको रकम दोहन गरिरहेको छ । जानकारहरुका अनुसार बैंककी सिइओ खुन्जेलीले त्यो कारोबार र व्यवहार आफ्नो बाध्यता रहेको बताउँने गरेकी छिन् । तर प्रहरी हिरासतमा रहेकी भुमा र कालोसूचीमा रहेका गुरुदत्तलाई त्यसरी जनताको रगत पसिनाले कमाएको रकम नियम विपरित दिएर व्यक्तिगत लाभ कति लिएकी छिन् त्यसको जवाफ भने उनले दिएकी छैनन् ।
Source:postpatrika
FacebookTwitterRedditShare via Email