गोपिकृष्ण हल भत्काउन सुरु कारण यस्तो
दर्शकको बाक्लो भीड लाग्ने गोपिकृष्ण हल अब पुरानो स्वरुपमा रहने छैन । यसका संचालकले ३ दिनदेखि हल भत्काउन सुरु गरेका छन् । अब, दर्शकले चलचित्र हेर्नका लागि ओम, नम र शिवायःमा मात्र पाउनेछन्।
गोपिकृष्ण हलका म्यानेजर प्रदिप दाहालले भने–‘सपिङ मल बनाउने योजनाले गर्दा हल भत्काउन लागेका हो । अब बन्ने भवनमा २ तला पार्किङ, ४–५ तला सपिङ सेन्टर, रेष्टुरेन्ट, लज, स्विमिङ पूल बनाउने योजना राखेको छ।
यसपछि, छतमा गोपि र कृष्ण नाममा २ वटा हल संचालन हुनेछन् । नयाँ भवन बन्नका लागि अझै ३ बर्ष लाग्नेछ ।’ अब, ओम हलमा थ्रिडी पर्दा राख्ने तयारी गरिएको छ । यस्तै, ओम, नम र शिवायःमा नयाँ पर्दा र चिम राख्ने तयारी हल संचालकले गरेका छन्।
नेपाली चलचित्रको भीडभाड देखाउन होस् या कलाकार तथा निर्माता–निर्देशकले दर्शकसँग सिधै साक्षात्कार गर्नका लागि गोपिकृष्ण हल सबैभन्दा उत्तम मानिन्थ्यो । यस्तै, नेपाली चलचित्रको लागि यो हलले राम्रो शेयर पनि दिदै आएको थियो।