समाचार

विहे गरेको २ महिनामै गभवती भएकी हुन् त नेहा ?

एजेन्सी । बलिउड गायिका नेहा कक्कड आफैंले बेबी बम्पको तस्विर सेयर गरेपछि धेरैले उनी गर्भवती भएको अनुमान लगाएका थिए । २ महिना अघि मात्र बिहे गरेकी उनले उक्त तस्विर सेयर गरेपछि उनका शुभचिन्तक मात्रै नभई परिवारकै सदस्य समेत आश्चर्यचकित भएको बुझ्न सकिन्छ ।

किनभने नेहाकै दाई टोनी कक्करले सोही तस्विरलाई लिएर आफू ‘मामा बन्न लागेको’ सामाजिक सञ्जालमा लेखेका थिए । २४ घण्टा नबित्दै उक्त खबर झुठो रहेको पाइएको छ । गीतको प्रचारको लागि नेहाले यस्तो गरेको खुलेको छ ।

शनिबार नेहाले इन्स्टाग्राममा शुक्रबारकै फोटो पोस्ट गरेकी छिन् । जहाँ उनी आफ्ना पति रोहनप्रित सिंहसँगै छिन् । शुक्रबार शेयर गरेको तस्विर नेहाले आफने नयाँ गीत ‘ख्याल रख्या कर’लाई प्रचार गर्न मात्र पोस्ट गरेको प्रष्ट भएको छ ।

यो गीत २२ डिसेम्बरमा रिलिज हुने छ । नेहाका श्रीमान रोहनप्रित सिंह पनि गायक हुन् । उनीहरुको यहि बर्षको अक्टोबरमा विवाह भएको थियो ।

news18nepal

Related Articles

Back to top button