विवाहको आधाकर्म छोडेर बेहुली जागिर खान गएपछि…
काठमाडौं । मङ्सिर महिनालाई विहेको उत्तम महिना भन्ने गरिन्छ । यो बीचमा विवाहलाई लिएर अनेक घ’टनाहरु हुने गर्दछन् । सरकारी जागिरको आफ्नै क्रे’ज छ । यो कत्तिको महत्त्वपूर्ण छ भनेर गोडा, उत्तर प्रदेश भारतमा देखिएको छ ।
त्यहाँ एक दुलहीले आफ्ना पतिलाई सिन्दुरको समारोह पछि मण्डपमा छोडिन् र सरकारी जागिरका लागि सल्लाह लिन गइन् । राम्रो कुरा के हो भने ति महिलाले सरकारी जागिर पनि पाइन् ।
गोडाको रामनगर बाराबङ्ग निवासी प्रज्ञा बीएसए कार्यालयमा परामर्श लिन गएकी हुन् । त्यस्तो अवस्थामा प्रज्ञा बिहेको सिन्दुर समारोह पछि बीएसए कार्यालयमा पुगेकी थिइन । यस समयमा श्रीमान् छाउनीमा बसेका थिए ।
बीएस कार्यालय पुगेछि लाइनमा बसेर आफ्ना कागजातहरु देखाएकी हुन् । उनको अनुहारमा विवाह र जागिर पाउँदा देखिएको हर्ष प्रष्ट देखिएको थियो । अहिले सबैले उनको तारिफ गरिरहेका छन् । प्रज्ञाका अनुसार उनका लागि करियर एकदम महत्वपूर्ण छ ।
त्यसकारण उनी विवाह बीचमा छोडेर परामर्शको लागि गएकी हुन् । सरकारी जागिरको काम सक्काएर विवाहको थप प्रक्रिया सम्पन्न गरियो । त्यसपश्चात उनको बिदाइ भयो । एक अलग प्रशंगमा प्रज्ञाका अनुसार हरेक महिलाले पढ्नुपर्छ र स्वावलम्बी हुनुपर्छ ।
उनले आफ्नो सफलताको पछाडि आमाबाबुको महत्वपूर्ण हात भएको बताएकी छिन् । स्थानीय शिक्षा अधिकारीहरू पनि उनलाई बधाई दिएका छन् । उनी त्यहाँको सरकारी शिक्षक पदमा नियुक्त भएकी छिन् ।