समाचार

बिवाह गरेको २ बर्षमै बिधुवा बनेकी अभिनेत्री मेघनाले जन्माइन छोरा

दिवंगत अभिनेता चिरञ्जिवी सरजाकी श्रीमती तथा अभिनेत्री मेघना राज तथा उनका नवजात छोरा दुबैको कोरोनाभाइरस रिपोर्ट पोजेटिभ आएको छ । साथै मेघनाका आमा–बुवा पनि कोरोनाद्वारा पोजेटिभ पाइएका छन् । मेघनाले आफ्नो इन्स्टाग्राम पेजमा एक नोटमार्फत् यो कुराको जानकारी दिएकी हुन् । उनले आफ्नो प्रशंसकलाई चिन्ता नगर्न अनुरोध गरेकी छिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

इन्स्टाग्रामा मेघनाको नोटमा लेखिएको छ, ‘सबैलाई नमस्कार, मेरा पिता, आमा, म स्वयं र मेरा छोराको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो केही हप्तामा हाम्रो सम्पर्कमा आएका सबैलाई हामीले यसबारे सूचीत गरिसकेका छौं । म चिरु र उनका प्रशंसकलाई हामी सबै ठिक छौं भन्न चाहन्छौं र जुनियर सी (चिरञ्जिवीका प्रशंसकले उनका छोरालाई जुनियर चिरु भन्छन्) पनि ठिक छन् । हामी एक परिवारको रुपमा यो लडाईं लड्नेछौं र यसमा विजयी हुनेछौं ।’छोरा जन्मनु चार महिना अघि चिरञ्जिवी सरजाको अचानक मृत्यु भएको थियो ।

अचानक निधन भएका अभिनेता चिरञ्जिवी सरजाकी श्रीमती मेघना राजले आफ्ना श्रीमानको नाममा निकै भावुक पोस्ट शेयर गरेकी थिईन। चिरञ्जिवीको कार्डियक अरेस्टका कारण ३९ वर्षको उमेरमा ७ जूनमा निधन भएको थियो। मेघना आफ्ना श्रीमानलाई आफू पुनः जीवनका लागि कोसिस गरेको उल्लेख गरेकी छिन्। भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार नायिका मेघना राज गर्भवती भएको कुरा लेखेका थिए ।

यी दुईको विवाह दुई वर्ष अघि २०१८ को मे २ तारिखमा भएको थियो । यी दुईले क्याथोलिक रितिरिवाजमार्फत् विवाह गरेपछि हिन्दु रितिरिवाजमा पनि विवाह गरेका थिए । मेघना र चिरञ्जिविले १० वर्ष डेट गरेपछि विवाह गरेका थिए । बलिउड कलाकार चिरञ्जिवी सार्जाको निधनले बलिउड शोकमा डुबेको छ । उनी कन्नडा फिल्म उद्योगमा सफल कलाकार हुन् । उनले ३९ वर्षकै उमेरमा ज्यान गुमाए । भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका समाचारको अनुसार उनले छाती दुख्यो भनेर भनेका थिए, उनलाई तत्कालै बेङगलरुको जयनगरमा रहेको सागर अस्पतालमा भर्ना गरिएको थियो । तर डाक्टरले उनलाई बचाउन नसकेको दुखद् खबर दिए ।

दुइ बर्षमै बिधुवा बनेकी सरजाकी श्रीमती मेघना राजले आफु गर्भवती भएको बताएकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन्, , ‘चिरु, मैले पुनः कोसिस गरेकी छु तर आफ्ना भावनालाई शब्दमार्फत् पोख्न सकिरहेकी छैन । तपाईं मेरो लागि को र के हो भनेर अर्थ्याउन संसारभरीका शब्द असमर्थ छन् । मेरो साथी, मेरो प्रेमी, मेरो बच्चा, मेरो विश्वासपात्र, मेरो श्रीमान् । र यी सबैभन्दा माथि तपाईं मेरो आत्माको एउटा हिस्सा हुनुहुन्छ, चिरु ।’

उनी थप्छिन्, ‘तपाईंलाई यो घरमा म अब कहिल्यै देख्न पाउँदिनँ र कहिल्यै छुन पाउँदिन भनेर जब सोच्छु तब अत्यन्त पीडा महसुस हुन्छ । मेरो मनमा एउटा डुब्दै गरेको भाव छ – अब म तपाईंलाई कहिल्यै छुन पाउने छैन । यो सोच मेरा लागि हज्जारौं निधन सरह हो । जब म कमजोर महसुस गर्छु नि, तपाईं मेरा लागि एक ‘प्रोटेक्टिभ एन्जल’को रुपमा सधैं मलाई साथ दिन आइपुग्नु हुन्छ ।’

श्रीमानको मृत्यु पछि उनले आफ्नो गर्भमा हुर्किरहेको बच्चाबारे पनि लेखेकी थीइन । उनी थप्छिन्, ‘तपाईंले मलाई यति माया गर्नुहुन्छ कि मलाई कहिल्यै एक्लै छोड्न सक्नुहुन्नँ, होइन त ? हाम्रो सानो प्रेम मेरो लागि एक अनमोल उपहार हो । हाम्रो प्रेमको प्रतिक र यो सुन्दर चमत्कारका लागि तपाईंप्रति सदा आभारी छु । म तपाईंलाई हाम्रो बच्चाको रुपमा धर्तीमा फिर्ता ल्याउने प्रतिक्षा गरिरहेकी छु । म तपाईंलाई पुनः पाउनका लागि प्रतिक्षा गरिरहेकी छु । तपाईंको मुस्कानलाई पुनः हेर्नका लागि आतुर छु । तपाईंको त्यो हाँसो सुन्न प्रतिक्षा गरिरहेकी छु जसले पूरा कोठा उज्यालिन्थ्यो । म तपाईंको प्रतिक्षा गरिरहनेछु र तपाईं पनि मेरो प्रतिक्षा गरिरहनुहोस् । जबसम्म म सास फेर्छु, तपाईं जिवित रहनुहुनेछ । तपाईं मभित्र अमर हुनुहुन्छ । आई लभ यू ।’

Related Articles

Back to top button