रत्नपार्कमा गीत गाउने ५ बर्षे बाबुले स्कुल पढ्न पाउने भए । शिशिर भण्डारीले कोठामै गएर यति धेरै पैसा दिए,कोठामा पुग्दा यस्तो देखियो (भिडियो हेर्नुस)
रत्नपार्कको व्यस्त सडकमा हिड्दै गर्दा मेरो आंखा एक मनै रुवाउने दृश्यमा गयो । रत्नपार्कको अगाडि गेटमा मान्छेहरुको भिड थियो र त्यहि भिडको अगाडि ५ बर्षको बाबु माईक समातेर गीत गाउंदै थिए । छेउमै सानो बाबुको आमा र बुवा थिए । बुवा दृष्टिबिहिन थिए भने आमा सकुशल देखिन्थिन् । सानो बाबुको गीत सुनेर समय समयमा हेर्नेहरुले १०, २० रुपैंया बाबुको अगाडी रहेको एउटा भाडोमा खसालिदिन्थे । निकै मिठो स्वर भएका यि बाबुको नाम हो, बसन्त लामा । बसन्तले यसरी गीत गाउन थालेको केहि मिहना मात्र भएछ । उनको बुवा बुद्ध लामा र आमा युनिका लामासंग कुरा गर्दा थाहा भयो, आफ्नै स्कुलको फि तिर्न पैसा नभएपछि बाबुले सडकमा गाउन थालेका रहेछन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
५ बर्षकै उमेरमा यति मिठो गीत गाउने बाबुको एउटै सपना छ, ठुलो भएर देशले चिन्ने र सबैले चिन्ने गायक बन्ने । बसन्तको बुवा आमा पहिले देखि नै यसरी सडकमा गीत गाउंथे । हातमा समस्या भएपछि अरु काम गर्न नसक्ने
बसन्तको आमाको स्वर पनि उत्तिकै मिठो छ । कस्तो हृदयबिदारक दृश्य, यो हेर्दा कस्को मन नरोला । आफ्नो आमा बुवा गीत गाउन घरबाट निस्कदा बसन्त पछि लाग्छन्, दिनभरी खाजा पनि नखाई गीत गाउँछन् । यसैबिच शिशिर भण्डारी बसन्तको कोठामा पुगे र सहयोग गरे, शिशिरले लेखेका छन्- हामीले युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट अप्लोड गरेको भिडियो हेरेपछि धेरैले बाबुलाई सहयोग गर्नुभयो । बसन्त र उनको परिवार बस्ने किर्तिपुरको कोठामा पुगेर हामीले ५० हजार ४ सय ८५ रुपैंया बुझाएका छौं । यससँगै बसन्तको स्कुल फि तिर्न र बाबु र नानीलाई स्कुल पढाउन उक्त सहयोग रकमको सहि सदुपयोग गर्ने बसन्तका बुवा बुद्ध लामाले बताउनु भएको छ । सम्पुर्ण महान सहयोगीहरुलाई मुरी मुरी धन्यवाद, बसन्तको कोठामै पुगी हामीले बनाएको भिडियो हेर्नुस-