समाचार

म अबिवाहित हो तर ब्रम्हचारी होइन – नारायणकाजी श्रेष्ठ (भिडियो हेर्नुहोस्)

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू ब्रम्हचारी नभएको बताएका छन् । उनले एक अन्तरवार्ताका क्रममा यस्तो बताएका हुन् । नारायणकाजी अविवाहित हुन् । उनले आफ्नो विवाहको बारेमा समेत नयाँ खुलासा गरेका छन् ।

उनले भनेका छन्, प्रचण्ड र सिता भाउजु भएर मेरो विवाहको लागि धेरै कर गर्नु भयो, मेरो अविवाहित नै रहने अडानका कारण उहाँहरु अहिले पछि हट्नु भएको छ । नारायणकाजीले हिमालय टेलिभिजनको नारायण पौडेलसँगको अन्तरवार्ताका क्रममा उक्त कुरा बताएका हुन् । उक्त भिडियोको सानो क्लिप बसन्त खड्काले आफ्नो फेसबुकमा सेयर गरेका छन् ।

फेसबुकमा सेयर गरिएको भिडियो क्लिपमा धेरै प्रतिक्रिया आएका छन् र धेरै प्रतिक्रिया आलोचनात्मक समेत रहेका छन् । उक्त फेसबुक पोष्टमा प्रतिक्रिया दिँदै रंग साउद लेख्छन्, यी काजिले कहिले अविवाहित हु भन्ने कुरा को आस थियो । बल्ल बोलेछन् । टीका लगाउन र घर भित्र्याउन मात्रै बाकी रहेछ । भिडियो भने पुरानो रहेको पाइएको छ ।

 

Related Articles

Back to top button