अकलादेवी मन्दिर,दर्शन गरी भेटि स्वरुप ॐ लेखेर लेखि शेयर गरौ,
तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरलाई उजिल्याउन स्थानीयवासी जुटेका छन् । यस ठाउँलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन सकिने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवासी यस ठाउँको प्रचारप्रसारका लागि जुर्मुराएका हुन् ।
मन्दिरको आफ्नै विशेषता छ, त्यो हो – मन्दिरमा रहेका घण्ट आफैं हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला । कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ र ? तर, मन्दिरमा रहेका घण्ट आफैं हल्लिएको देख्दा यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजन समेत चकित पर्ने गरेका छन् ।
अकलादेवी खुशी भएका बेला मन्दिरभित्र रहेको घण्ट आफैं हल्लिने र बज्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । देवी प्रशन्न भएको अवस्थामा रातको समयमा घण्ट बज्ने गरेको स्थानीयवासी बालहरि घिमिरे बताउँछन् ।
“यज्ञयज्ञादि, धार्मिक अनुष्ठान र पञ्चबलि दिएका बेला देवी प्रशन्न भएर घण्ट बज्ने र हल्लने गरेको छ,” उनले भने – “यो दैवीशक्तिको चमत्कार हो ।” विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन् ।
त्यो बेला तत्कालीन प्रज्ञा पण्डित गङ्गाधर घिमिरेलगायत स्थानीयवासीले यस बारेमा जानकारी गराएपछि ‘यो दैवीशक्ति हो र यसको संरक्षणका लागि केही काम गर्नुपर्छ’ भनेर संरक्षणको काम शुरु स्थानीयवासी बताउँछन् ।अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात् साढेको स्तम्भ छ । उक्त प्रतिमा निकै पुरानो रहेको अनुमान लगाइन्छ । मन्दिर नजिकै पञ्चबलि दिने स्थान र हवनकुण्ड पनि छ ।
अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमा गानका लागि वर्षमा चार वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ ।
यो पनि :को’रोना भाइरसको महामारी नियन्त्रण गर्न बन्द त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि खुला ,जय हलेसी महादेव !को’रोना भाइरसको महामारी नियन्त्रण गर्न गत चैत ८ गतेदेखि बन्द त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि खुला गरिएको छ । को’रोना भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न आउने दर्शनार्थीको पूजाआजा नरोकिने गरी मुख्य गुफा (महादेव–पार्वती थान) र बसाहा गुफा प्रवेशमा रोक लगाइएको आठ महिनापछि पुनः खुला गरिएको हो ।
हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी विश्वभर एकैसाथ महा मारीका रुपमा कोभिड–१९ को सङ्क्रमण फैलिएसँगै बन्द गरिएको थियो । मुलुकका महत्वपूर्ण धा’र्मिक स्थल खुला गरी भक्तजन प्रवेश गराइएको तथ्यहरु उल्लेख गर्दै हलेसी तुवाचुङ नगरपालिकाले सूचना जारी गरेर जनस्वास्थ्यका मापदण्ड पालना गर्दै तीर्थालु भक्तजनलाई मन्दिर प्रवेशमा खुला गरिएको जानकारी दिएको छ ।
नगर प्रमुख इवन राईले मङ्गलबार जारी गरेको सूचनामा मूल गेटबाट एक पटकमा दशजना दर्शनार्थीमात्र मन्दिरभित्र प्रवेश गराइने, मन्दिर प्रवेशका क्रममा भक्तजनले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र अनिवार्य भौतिक दूरी कायम गर्नु पर्ने, मन्दिरको भित्री परिसरमा फूल, अक्षता, अगरबत्ती जस्ता पूजाका सामग्री लैजान नपाइने, पूजा सामग्री नलैजाने व्यवस्थाका लागि मन्दिरको बाहिरी परिसरमा आवश्यक व्यवस्था मिलाइने उल्लेख छ ।
मन्दिरमा खटिएका स्वयम्सेवक तथा सुरक्षामर्कीले भक्तजनलाई लाइनमा बस्ने लगायतका आवश्यक प्रबन्ध मिलाउने तथा कोभिड–१९ को महामारीले प्रतिकूल असर पर्ने सम्भावना देखिए स्थानीय प्रशासनसँगको समन्वयमा जुन सुकै बेला पुनः मन्दिर प्रवेशमा रोक लगा इने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।उता हलेसी विकास समितिले भने सङ्घीय सरकार मातहतको हलेसी मन्दिर खुलाउने बारेमा आफूहरुसँग परामर्श नगरी नगरपालिकाले ठाडो हस्तक्षेप गरेर बन्द रहेको मन्दिर खुलाएको गुनासो गरेको छ।
समितिका अध्यक्ष टङ्क राईले मन्दिर खोल्ने कुरामा समितिको विमती नरहेको तर नगरपालिकाले विनापरामर्श अधिकार क्षेत्रभन्दा बाहिर रहेर मन्दिर खोलेकामा भने आफूहरुको विरोध रहेको बताएका छन् ।नगरप्रमुख राईले भने बन्दरहेको हलेसी मन्दिर सरोकारवाला सबैसँग परामर्श गरेर नै खुलाइएको जानकारी दिएका छन् ।
“मन्दिर खोल्ने विषयमा विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलसँग पटकपटक कुराकानी भएको छ”, उनले भने, “ सांसद विशाल भट्टराईले समेत बन्द रहेको हलेसी मन्दिर खोल्न आग्रह गर्नुभएपछि नगरपालिकाका तर्फबाट सार्वजनिक सूचना निकाल्न अगाडि सरोकारवाला सबैसँग परामर्श गरेर औपचारिक रुपमा खुलाइएको हो ।”
लामो समय बन्द रहेको मन्दिर खुलेपछि हलेसीमा दर्शनार्थी तथा भक्तजनको घुइँचो लाग्न थालेको व्यवसायीहरुले बताएका छन् । करीब आठ महिनादेखि व्यवसाय बन्द भएको होटल व्यवसायी समेत मन्दिर खुलेपछि हर्षित भएका छन् । प्राकृतिक रुपमा समेत विश्व प्रसिद्ध हलेसीमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम तथा भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भूटान, चीनको तिब्बत लगायतका देशबाट दर्शनार्थी तथा भक्तजन आउने गरेका छन् ।
दर्शनार्थी र पर्यटकको बाह्रै महिना उत्तिकै घुइँचो लाग्ने त्रिधार्मिकस्थल हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, हरिबोधनी एकादशी, हरितालिका तीज, बुद्धजयन्ती, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । विश्व प्रसिद्ध हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माण गर्न सांसद भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको छ । भट्टराईको नेतृत्वमा बनेको समितिले अहिले विज्ञसँगको सल्लाहमा हलेसीको दीर्घकालीन गुरुयोजना निर्माणको काम गरिरहेको जनाइएको छ । -रासस