लोकप्रिय कार्यक्रम इन्द्रेणी अब हिमालयन टेलिभिजन बाट प्रशारण हुने
लोकप्रिय कार्यक्रम इन्द्रेणी अब हिमालयन टेलिभिजन बाट प्रशारण हुने भएको छ।हरेक साँझ ६ बजे देखि ७ बजे सम्म प्रशारण हुने उक्त कार्यक्रमको पुन प्रशारण रातको १० बजे र बिहान ५ बजे प्रशारण हुने इन्द्रेणीका संचालक कृष्ण कंडेलले लालीगुराँस डटकमलाइ जानकारी दिएका हुन्।
मङ्सिर ८ गतेबाट इन्द्रेणीले आफ्नो प्रशारण हिमालयन टेलिभिजनबाट अनुमति लिएका हुन्।यस अगाडी इन्द्रेणी एबिसी टेलिभिजनबाट हरेक दिन सोहि समय दर्शकले हेर्दै आएका थिए।एबिसी टेलिभिजनमा लामो समय देखि प्रशारणमा रहेको इन्द्रेणी झन्डै ३ महिनादेखि प्रशारणमा आएको थिएन।नया ब्यबस्थापन र नया शैली सहित उक्त कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रशारण हुन् लागेको इन्द्रेणीका ब्यबस्थापक भक्त देउवाले लालीगुराँस डटकमलाइ जानकारी दिएका हुन्। इन्द्रेणी कार्यक्रम तपाईले युटुबमा इन्द्रेणी डटकम बाट हेर्न सकिने छ।
chhayapati