समाचार

झापामा केटाले केटालाई नै बिबाह गरेपछि गाउँलेहरु भन्छन्,‘यिनीहरुले कसरी नानि जन्माउलान् ….?’ (भिडियोसहित)

झापा – झापामा झण्डै एक हप्ता पहिले केटाले केटासंगै बिहे गरेको समाचार बाहीरिएको थियो । तामांग केटाले क्षेत्री केटासंग बिहे गरे भन्ने समाचार सोशल मिडियामा निकै चर्चाको समाचार बन्यो । कतिले त्यस्लाई सहजै स्वीकार गरे भने कतिले स्वीकार गर्न मानेन् । समाज, साथीभाई र सोशल मिडिया युजरस् मध्य केहीले उनीहरुको बिहेलाई स्वीकार गर्न नमानेतापनि उनीहरुले एकअर्कासंग बिहे गरेरै छाडे । उनीहरुको बिहेको सबैभन्दा राम्रो कुरा त के रह्यो भने उनीहरुलाई उनीहरुको परिवारको पुर्ण रुपमा समर्थन रहेको छ ।

दुवै केटाहरुको परिवारको तर्फबाट आमाहरुले उनीहरुले एकअर्कासंग गरेको विबाहको बारेमा आफुहरुलाई कुनै पनि आपत्ति नभएको बताएका छन् । घरमा केटालाई नै बिहे गरेर बुहारी ल्याउने बेहुलालाई उनकी आमाले छोराको खुशी नै आफ्नो खुशी भनेकी छन् भने उता घरमा ज्वाई आउनु पर्नेमा केटालाई नै ज्वाईको रुपमा स्वीकार्नु पर्दा सासुले पनि आफुलाई कुनै आपत्ति नभएको बताएकी छन् । उनीहरुको बिहेमा परिवारले कुनै पनि अप्ठ्यारो महसुस नगरेतापनि छिमेकीको भने निकै नै चासोको विषय बनेको छ ।

छिमेकीहरुले यी दुईले अब कसरी सन्तान जन्माउलान् त ? भनेर अचम्मित बेनको कुरा मिडियासंगको कुराकानीमा बताएका छन् । फेसबुक र युट्यूवमा केटाकेटाको बिहेको समाचार हेर्दार्हे आफ्नै घर छेउमा केटाले कटालाई नै बुहारी बनाएर ल्याएपछि छिमेकीहरु दंग परेको बताउँछन् । भिडियो:

 

 

Related Articles

Back to top button