छोरी म छिट्टै नेपाल आउँदै छु भनेको केहि दिनमै कुवेतमानै अस्ताए डम्बर बहादुर साउद
कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । अल जजिरा कम्पनीमा कार्यरत डम्मर बहादुर साउद १४ डिसेम्बर सोमवार को दिन हृदयघातको कारण फर्वानिया अस्पतालमा मृत्यु भएको थियो।
डडेलधुरा, अजयमेरु गाउँपालिका वडा न. १ समैजी घर भएका साउद रोजगारीको सिलसिलामा दश वर्ष पहिले कुवेत आएका थिए । अल जजिरा कम्पनीमा ड्राइभर काम गर्दै आएका साउद सरोकार समाज कुवेतका सक्रिय सदस्य पनि हुन।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार “डम्मर बहादुर साउदको मृत्यु भएको प्रारम्भिक जानकारी नेपाली दूतावासमा आइसकेको छ । तर उनको मृत्युको कारण भने खुल्न नसकेको बताए । आज र भोली सम्ममा अस्पतालको रिपोर्ट आउने शिलवालले जनाएका छन।