कृष्ण कंडेल, टिका सानु र सम्पुर्ण इन्द्रेणी टिम ९ दिनपछी एक साथ मिडियामा वास्तबिकता के हो त (भिडियो)
चर्चित कार्यक्रम इन्द्रेणीका संचालक तथा गायक कृष्ण कंडेल र गायिका टिका सानु बीच कार्यक्रम कै बीच भएको केहि विवादको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
कार्यक्रमको दौरान टिका सानुले इन्द्रेणी कार्यक्रम यहाँ आउन अगाडी नहेरेको बताएकी थिइन । त्यति मात्र हैन टिकाले कलाकारले गर्दा इन्द्रेणी चलेको पनि हैन र इन्द्रेणीले गर्दा कलाकार चलेको पनि हैन भन्दै इन्द्रेणी कै मंचलाई अपमान गरेकी थिइन। त्यसपछि संचालक कृष्ण कंडेलले उनलाई सम्झाएका थिए । जुन भिडियो निक्कै भाइरल बनेको थियो ।
उक्त भिडियो सामाजिक संजालमा भाइरल बनेपछि गायिका टिका सानुलाई धेरैले गाली गरिरहेका छन । दर्शक श्रोताको गालीको वर्षा भएसंगै स्वयम् टिका सानु कृष्ण कंडेललाई लिएर फेसबुक लाइभमा आएकी छन । उनले फेसबुकबाट विवादबारे स्पष्ट पार्न खोजेकी छन । त्यस्तै उनले फेसबुकमै एक स्टाटसलेखेर यस बारे स्पष्टिकरण समेत दिएकी छन ।