सोच्नै नसक्ने गरि एकासी घट्यो खाना पकाउने ग्यासको भाउ !
लामो समय पछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजे दखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार निगमले ग्यासको मूल्य घट ाएको हो।यसअघि खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सलिण्डर एक हजार ४ सय रुपैयाँ थियो। अब उपभोक्ताले प्रति सिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँमा खरिद गर्न पाउने छन्। यसैगरी, निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ। यसैगरि, डिजेल र मट्टितेलको भाउ प्रति लिटर ५० पैसाले वृद्धि भएको छनिगमले निर्धारण गरेको स्वचालित मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर एकसय ९ रुपैयाँ, डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रति लिटर ९७ रुपैयाँ भएको छ ।
हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य अनुसार इन्धनको मूल्य समायोजन गरिएको बताए।यो पनि पढ्नुहोस् : शेयर बजारमा आज फेरि अर्को नयाँ रेकर्ड कायम भएको छ। शेयर बजारमा आइतबार अहिलेसम्मकै धेरै रू. ९ अर्ब २२ करोड ७३ लाख बराबरको कारोबार भएको छ।
गत बिहीबार पनि नेप्सेमा रू. ७ अर्ब ६१ करोडको कारोबार भएको थियो। आज शेयर बजार परिसूचक नेप्से ७५ अंकले बढेर १ हजार ९६८ विन्दु पार गरेको छ। यो नेप्सेको अहिलेसम्मकै उच्च रेकर्ड हो। ब्यांकिङ समूहअन्तर्गतका शेयरको मूल्य बढेपछि त्यसको प्रभाव नेप्से परिसूचकमा परेको हो। आइतबार ब्यांकिङ समूह ७.८१ प्रतिशतले बढेको छ।
बजार उत्साहजनक ढंगमा बढ्दा पनि ५६ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्। सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशत नोक्सान बेहोरे। आँखुखोला जलविद्युतका लगानीकर्ताले ६.२५ प्रतिशत घाटा बेहोरे। आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको रू. ५१ करोड ८० लाख बराबरको शेयर कारोबार भयो। दोस्रोमा कुमारी ब्यांकको रू. ४० करोड ८० लाख बराबरको शेयर किनबेच भयो। शेयर बजारमा २ करोड ५९ लाख कित्ता शेयर किनबेच भएको थियो। ब्यांक तथा वित्तीय संस्थाको सस्तो ब्याजदर, रेमिटेन्सको उत्साहप्रद आप्रवाह लगायतका कारणले शेयर बजार बढेको अनुमान गरिएको छ।