मलाई विवाह गर्नु भनेँ तर पारसले स्वीकार नगरेको स्वीकार नगर्दा देह त्याग गर्ने कोशिष गरे : सोनिका (भिडियो हेर्नुस्)
काठमाडौ । पूर्व युवराज पारससंग नजिकको सम्बन्ध रहेको भनिएकी युट्युवर सोनिका रोकाय फेरी एक पटक राजसंस्थाको पक्षमा खरो उत्रिएकी छन् । उनी कोरोनाको जोखिम सुरु भएसंगै आफ्नो गृहजिल्ला बझागं पुगेकी छन् । पछिल्लो पटक पूर्व युवराज पारस शाहसंग सम्बन्ध विग्रिएको भनिएकी सोनिकाले त्यो भनाईलाई गलत सावित गरिदिएकी छन् ।
पारस विरामी भएको समाचार सार्वजनिक भएपछि निकै भावुक भएकी सोनिकाले फेरी एक पटक राजनीति कुरा गरेकी छन् । उनले पारसका बारेमा निकै बखान गरेकी छन् । उनले राजतन्त्र नै सकिएपछि उनका बारेमा नकारात्मक कुरा नगर्न आग्रह गरेकी छन् । उनले पारसलाई बुझ्न सबैसंग आग्रह गरेकी छन् ।
उनले भनेकी छन्, ‘उहाँ पागल भएको मैले आफ्नै आँखाले देखेकी छु । त्यत्रो राजसंस्था जाँदा उनमा के बितेको थियो होला ? कुनै मानिस प्रेममा धोका खाँदा त कति दुखी हुन्छ भने त्यती धेरै वर्ष राज गरेको राजतन्त्र जाँदा कस्तो भयो होला ? तर त्यो भावना कसैले बुझेन ।’
उनले राजाका छोरा विग्रेको भनेर भन्न नमिल्ने बताइन् । उनले भनिन्, ‘त्यही राजाको छोरा हो जसले मलाई राम्रो बाटोमा हिड्न सिकायो ।’ उनले पारससंग आफ्नो कुनै त्यस्तो नराम्रो सम्बन्ध नभएको बताएकी छन् । मेरो हरेक पटक हिमानी शाहसंग भेटहुँदा सौहार्द पुर्ण भएको बताएकी छन् ।
उनले आफुले पारसको अवस्था देखेर उनको निकै ख्याल गरेको बताइन् । उनले पारसको बंश पनि बझागंको भएका कारण आफुप्रति उनको झुकाव रहेको बताएकी छन् ।
उनले पारससंग आफुलाई विवाह गर्न आग्रह गरेको बताइन् । उनले एक भिडियोमा यो कुरा सार्वजनिक गर्दै भनेकी छन्, ‘उहाँले मलाई राम्रो वाटो देखाउनुभएको थियो । गुरु र चेलीको सम्बन्ध हुनुपर्ने तर मेरो मनमा पा प आयो ।’
‘तपाईसंग यसरी संगै हिड्दा हाम्रो सम्बन्धमा धेरैले नराम्रो भने त्यसैले मलाई विवाह गर्नु भनेँ ।’ तर पारसले स्वीकार नगरेको बताएकी छन् । पारसले आफ्नो प्रेम स्वीकार नगर्दा देह त्याग गर्ने कोशिष गरेको पनि बताइन् । ‘तर म बाँचे’ उनले भिडियोमा भनेकी छन् ।
sulavkhabar