समाचार

अध्यादेशबारे प्रचण्डपुत्री गंगाले लेखिन् स्टाटस, रामनारायण विडारीको यस्तो कमेन्ट

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेसँगै विभिन्न टिकाटिप्पणी र फिर्ता गरिनुपर्छ भन्ने आवाजहरु उठेका छन् ।

यसैबीच पार्टीको स्थायी समितिको बैठक चलिरहेको र अन्तर्विरोध चर्किरहेको बेला, सार्वभौम सम्पन्न संसदलाई समेत बन्धक बनाई अध्यादेश ल्याईनु गलत भएको प्रचण्डकी स्वकिय सचिव (छोरी) गंगा दाहालले बताएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले लेखेकी छिन् , “नेपालको संविधानलाई लत्याएर शक्ति र सत्ताको दुरुपयोग गरि ल्याईएको यो अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएको छ, एकमनोवाद वा सर्वसत्तावाद प्रवृतिलाई बढावा दिंदै ल्याईएको यस प्रकारको अध्यादेश मार्फत मूलुक संचालन गर्न खोज्नु नेपाली जनता र समग्र आन्दोलन माथि नै अपमान हुने हुँदा यो अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्दछ।”

उनको स्टाटसमा कमेन्ट गर्दै राष्ट्रियसभा सदस्य एवम् संघीय संसद, राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति समेत रहेका रामनारायण विडारीले लेखेका छन् :

अध्यादेस कीन? सदन कीन नवोलाको?संवैधानीक व्यवस्था राज्यको अंग हो । जो सरकारको अधीनमा हुदैन । यसमा भने सर्वसम्त वा दुइ तीहाइ संख्या संवीधानले तोकेको छ । अध्यादेस संवीधान वीपरीत छ

के छ अध्यादेशमा ?

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छिन् मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरे अनुसार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

संवैधानिक परिषद्को बैठक बस्न नसक्दा लामो समयदेखि धेरै संवैधानिक आयोगहरुमा पदपूर्ति हुन सकेको छैन ।

आजको लागि बोलाइएको बैठक स्थगित गरिएको छ ।

बैठकमा कोरम संख्या नपुगेपछि आजको लागि बोलाईएको बैठक पुनः साँझ ५ बजे बस्नेगरी स्थगित गरिएको हो ।

यसअघि आइतवार बैठक बोलाइएको थियो । तर आइतवारपनि गणपूरक संख्या नपुगेपछि बैठक बस्न सकेको थिएन् ।

Related Articles

Back to top button