समाचार

दुखद खबर : मलेसियामा कोरोना भाइरसले अर्का एक नेपाली कामदार लक्ष्मणको मृत्यु

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति बिगत अढाई बर्षदेखी मलेसियामा सुरक्षागार्डमा कार्यरत पुनः एक नेपाली कामदारको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले मृत्यु भएको छ।

नेपाल ठेगाना रामेछाप.४ निवासी , उमेर ३३ बर्षिय नेपाली कामदार लक्ष्मण सुनुवारको यहीँ डिसेम्बर महिनामा गएको ५ तारिख शनिबारको दिन उपचारको क्रममा सुङ्गाइबुलो अस्पतालमा मृत्यु भएको ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाको अध्यक्ष भुपेन्द्र माबो लिम्बुले मलाया खबरलाई जानकारी गराउनुभयो।

मलेसियाको स्ट्राइक फोर्स सेक्युरिटी एसडिएन बिएचडी नामक सेक्युरिटी कम्पनीमा आबद्ध भैइ सेलाङ्गरमै काम गर्दै आएका लक्ष्मण सुनुवारले गत महिना नोभेम्बरमा कोरोना भाइरसको परिक्षण गराएका थिए।

जानकारी अनुसार लक्ष्मणमा परिक्षणको रिपोर्ट कोरोना पोजेटिभ देखिएपछि थप उपचारको लागी सुङ्गाइबुलो अस्पतालमा भर्ना भएका थिए , तर उपचारकै क्रममा मृत्यु भएको अस्पतालको डाक्टरले बताएको कुरा पोस्टमार्टम रिपोर्टको आधारमा मञ्चका अध्यक्ष भुपेन्द्र माबो लिम्बुले मलाया खबरलाई बताउनुभयो।

अध्यक्ष लिम्बुले बताए अनुसार कोरोनाले मृत्यु भएका लक्ष्मणको अन्तिम दाहसंस्कार मलेसियामै गरिने स्वीकृति निजको परिवारबाट पनि पाईसकेको बताउनुभयो।

सम्बन्धित निकाय , रोजगारदाता कम्पनी र नेपाली दूतावासको साथ,सहयोगमा मृतक लक्ष्मणको पार्थिव शवको अन्त्यष्टि चाडैंनै गरिने अध्यक्ष लिम्बुले बताउनुभयो।

पछिल्लो समयमा मलेसियामा कार्यरत हजारौं नेपाली कामदारहरु कोरोना भाइरसबाट संक्रमित भएका छ्न। केहिदिन अगाडि मात्रै मलेसियाकै प्रतिष्ठित कम्पनी मध्यको एक रबर उप्त्पादक कम्पनी (टप ग्लोब्स) फ्याक्ट्री नम्बर.१३ केलाङ मेरुमा सुरक्षागार्डमै कार्यरत याम नारायण चौधरीको कोरोना भाइरसकै संक्रमणले मृत्यु भएको थियो।

नेपाली दूतावासले बताए अनुसार मलेसियामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ जना पुगेको छ।

Related Articles

Back to top button